प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको बाग्मति प्रदेश भेला पुष १० गते हुने

काठमाडौं, ५ पुष । नेकपा एकीकृत समाजवादी पार्टी निकट शिक्षक संगठन प्रगतिशील नेपाल राष्ट्रिय संगठनको बाग्मति प्रदेश भेला यही पुष १० गते हुने भएको छ ।

संगठनले एक सुचना जारी गर्दै पेशागत महासंघ भवन लैनचौरमा भेला हुने जनाएको छ । भेला बिहान ११ बजे हुने सुचनामा जनाइएको छ ।
‘शैक्षिक पेशागत र ट्रेड युनियन अधिकारको लागि हाम्रो अभियान, सुढृड सशक्त र वैचारिक प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संवगठन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ भेला हुन लागेको हो ।