काशीका प्राग ऐतिहासिक कालका मानव समूह

  • नन्द कन्दङवा

परिचय,
भारतको काशी एक प्रागऐतिहासकालीन प्रशिद्ध स्थान हो । ईतिहासमा विभिन्न प्रशिद्ध सभ्यताहरुको चर्चा हुन्छ । ति मध्ये मेसोपोटामिया, मिश्र, सिन्धु घाटी, चिनको येलोरिभर उपत्यका सहित काशी र नेपाल उपत्यकाको किरात सभ्यता पनि उल्लेख भएको पाईन्छ । ईतिहासमा काशीसंग धेरै मानव समुदाय जोडिएको पाईन्छ । लिम्बु मानव समुहमा पनि काशी समुह (तेमेनवलकसङ) रहेको कुरा उनीहरुको माङगेन्ना मुन्धुमले बताउछ ।

लिम्बुमा गोत्र हुदैन तर बाहुनले यहि तेमेन समुहलाई काशी गोत्र भन्ने चलन चलाएका छन् । आर्यहरुको भारत आगमन भन्दा पहिले अर्थात आर्य मानव समुह सिन्धु नदी पश्चिम काश्मीरको माथिल्लो भाग, पाकिस्तानको माथिल्लो भाग तथा अफगानिस्तान बीच रहेको आर्यवर्तमा रहेकै समयमाकाशीमा रहेका काशीका बासिन्दा अर्थात काशीमा बसोबास गर्ने मानव समुह को थिए भनेर प्रश्न र जिज्ञासा हुनु स्वभाविक छ ।

गंगा नदीको उत्तर किनारमा रहेको भारतको काशीलाई बरुण र आसी नदी बीचमा रहेकोले हाल यसलाई बनारसी भन्ने गरिन्छ । यस शहरलाई हिन्दुहरुले पवित्र शहरकोरुपमा लिने गर्दछन् । काशी नामको कुरा गर्नु पर्दा काशी भन्ने स्थान पश्चिम चिनको सिन्ज्याङ उगुर स्वायत्त क्षेत्रको एक शहर हो । तर त्यसलाई काश्गर पनि भनिन्छ ।

यसको साथसाथै काशी नाम गरेका गाउहरु ईरानको हमादान प्रान्त र हर्मोजान प्रान्तमा रहेका छन् । काशन भन्ने शहर ईरानको ईस्पाहन प्रान्तमा रहेको छ ।

काशी

भारतको काशीलाई विभिन्न नामहरुले जानिन्छ । मानव समुह लगातार बसिआएको यो शहर विश्वकै पुरानो शहरहरु मध्ये एक हो । यसको पुरानो नाम काशी हो । शायद यो काई+शिअर्थात ईतिहासकारले भने जस्तो काशिस मानव समुदाय भन्नेबाट बन्यो भन्ने कुरा काईसि = मरेकासंग नाता या सम्बन्ध भन्ने यसको अर्थ खुलाईबाट थाहा लाग्छ । यस स्थानका आदिवासीहरु प्राकृतिक बिपत्ति या बाहिरीय आक्रमणको कारण धेरै मानिस मरेको र उक्त स्थानबाट बिस्थापन भएको हुन सक्छ ।

ति मरेका पुर्वजहरुको सम्बन्ध जनाउन बिस्थापनमा परेकाहरुले उक्त शव्द प्रयोग गरेको हुन सक्ने पनि देखिन्छ ।त्यसपछि यसका नामहरु समयकालको अन्तरालमा धेरै हुन पुगे ।

बरुण नदी र आसी नदी बीचमा रहेकोले यि दुई शव्दलाई जोडेर बराणसी हुन गयो । यसैगरि, यसको नाम चम्कने अर्थमा काशिका पनि भनेको देखिन्छ भने शिव देवताले नछोडेको अर्थमा अभिमुक्ता पनि भन्ने गरिएको छ । यसको अन्य नाममा आनन्दवन र रुद्र देवता बस्ने भएकोले रुद्रभाषा पनि भन्ने गरिएको छ । तर बुद्धकालमा बौध भिक्षुहरुले यसलाई काशी भन्दथे भनेर उल्लेख छ ।

काशी क्षेत्रको अक्था, रामनगर, ओरियाघाट, गोलाघाटमा भएको उत्खननबाट पाईएको अवशेषबाट यस क्षेत्रमा ईसापुर्व १८ औ शताव्दीतिरै मानव बसोबास थियो भन्ने प्रमाणीत भएको छ । अझ यसको अस्तित्व अर्थात यस स्थानमा मानव बसोबास ईसापुर्व ३० औ शताव्दीकै समयमा थियो भन्ने भनाईपनि रहेको छ ।
आर्यहरुको भारत आगमन ईसापुर्व १८ औ शताव्दीको आसपास मानिएको छ । यसको अर्थ आर्यहरुको भारत आगमन भन्दा पहिलेदेखि नै यस स्थानमा मानव बसोबास थियो भन्ने स्पष्ट हुन्छ ।

कतिपय भारतिय ईतिहासकारले आदिवासी समुदाय काशिस को नामबाट यसको नाम काशी रहेको पनि निश्कर्ष छ भने कतिपयले २ वटा समुदाय रहेको थियोः एउटा आदिवासी समुदाय त अर्को बैदिक जनसमुदाय रहेका थिए भन्ने निश्कर्ष निकालेका छन् । बैदिक जनसमुदाय भने पछिल्लो समय ईसापुर्व १२–११ औ शताव्दीमा त्यहा आएको हुन सक्ने देखिन्छ । यो पनि स्पष्ट हुन्छ कि काशीदेखी बाहेकका विभिन्न नामहरु पछि संस्कृतकरण तथा हिन्दुकरण गरिएको हो भन्ने कुरा आर्यहरुको बेद अथर्व वेदले यसलाई काशी नै भनेर बताएकोबाट पुष्टी हुन्छ ।

भारतको उत्तर प्रदेश राज्यमा अवस्थित काशीबारे बिद्धान अध्ययनकर्ताहरुको विभिन्न मत रहिआएको छ । एक थरी बिद्धानहरु यस स्थानमा ईसापुर्व १२–११ औ शताव्दीतिर बसोबास हुन थाल्यो र पाईएका पुरातात्विक बस्तुहरुको आधारमा यहा बैदिक मानव समुहको बसोबास थियो भन्ने बिचार राख्दछन् ।

यस भनाईलाई काशीको अक्था, रामनगर लगायतका स्थानहरुको उत्खननबाट पाईएका बस्ति तथा विभिन्न बस्तुहरुको अवशेषहरुको कार्वन डेटिङले ति अवशेषहरु ईसापुर्व १८ शताव्दीका हुन भन्ने देखाएको तथ्यले खण्डन गरिसकेको छ ।

ईसापुर्व १२–११ शताव्दीतिरै निर्माण भएको अर्थव वेदले भने काशीमा आदिवासी समुदायको बसोबास थियो भनेर बताएको छ । ऋगबेदमा भने काशीको बर्णन तथा उल्लेख छैन । कतिपयले यसलाई शिवले बसाएको नगर अर्थात शिवको नगर हो भन्दछन् ।

शिव अर्थात महादेव आर्यवर्त भन्दा बाहिरका गैरआर्य मानव समुहको शक्तिशाली मानिस थियो भन्ने कतिपय बिद्धानहरुको राय रहेकोले यो शहर शिवले बसाएको नगर हुन सक्ने तर्क पनि सान्दर्भीक नै देखिन्छ । फेरी आर्यहरुले शिवलाई धेरै पछि नै आफ्नो देवताकोरुपमा मान्न थालेका हुन ।

ईसापुर्व ७–८ शताव्दीताकाको महाजनपदकालमा काशी एउटा राज्य नै थियो । ईसापुर्व तेस्रो\चौथो शताव्दीका मगधका राजदुत रहेका मेगास्थनिजले आफ्नो पुस्तक ईन्डीकामा हालको भारत सहित पाकिस्तान, बंगलादेशको क्षेत्रलाई जम्मुद्धिप भनेका छन् । उनले सिन्धु–सरिया नदीपश्चिम अहिलेको काश्मीरको माथिल्लो भाग, पाकिस्तानको माथिल्लो भाग र अफगानिस्तानको पुर्व दक्षिण भागलाई आर्यवर्त देश भनि उल्लेख गरेका छन् ।

ईस्वीको तेस्रो शताव्दीमा भारत भ्रमणमा आएका चिनीया यात्री फाहियान र सातौ शताव्दीमा भारत भ्रमणमा आएका हुएनसाङले पनि आफ्नो यात्रा बृतान्तमा भारतको नाम लिएका छैनन जम्बुद्धिपको नाम लिएका छन र जम्बुद्धिप भित्रका स्थान, राज्य र क्षेत्रहरुको नाम लिएका छन् । उनीहरुले पनि मेगास्थनिजले भने जस्तै रहेको सिमानालाई आर्यवर्त भनेका छन् ।

आर्यहरु ईसापुर्व १८औ शताव्दीतिर ककेसस क्षेत्रबाट विभिन्न स्थान हुदै त्यहा आएर बसे र कालान्तरमा आर्यवर्त देश निर्माण गरे भन्ने देखिन्छ । मेगास्थनिज, फाहियान र हुएनसाङको भ्रमणताकासम्म आर्यवर्त रहेको उनीहरुको बर्णनबाट प्रमाणाीत हुन्छ । यसले आर्यवर्तबाट आर्यहरु धेरै पछि अहिले भारत भनिएको भुमी सिन्धु–गंगा मैदानतिर आएको संकेत गर्दछ ।

आर्यहरु ईसापुर्व १४–१३ औ शताव्दी पछि आर्यवर्तदेखी पुर्व दक्षिण सिन्धु–गंगाको मैदानतिर बसाई सराई गरेको कुरा ऋगबेद जो ईसापुर्व १५ औ देखि १३ औ शताव्दीसम्ममा आर्यवर्तमा नै निर्माण भएकोबाट थाहा लाग्छ । उक्त ऋगबेदमा किरात मानव समुदायबारे उल्लेख छैन ।

यजुरवेद र अथर्व बेद जो ईसापुर्व १२ औ देखि ९\८ औ शताव्दीमा निर्माण गरिए तिनीहरुमा किरातबारे उल्लेख गरिएको छ । यसको अर्थ सिन्धु–गंगा मैदानको क्षेत्र र पहाडी भागतिर जब आर्य मानव समुह आए जहा किरात मानव समुहको उपस्थिति थियो र तिनीहरुसंग आर्यहरुको जम्काभेट भयो भन्ने स्पष्ट देखिन्छ । त्यसैले, किरातलाई यजुरवेदमा सिमावर्ती क्षेत्र (आर्यवर्तको सिमा क्षेत्र) तिर रहने मानव समुह भनेर बताएको होला ।

केहि बिद्धानहरु यस भूभागमा पहिलो अर्थात प्रारम्भिक बसोबास सिन्धु नदी र जेलियम नदी बीच पाकिस्तानको सोहन उपत्यकामा भयो भन्ने विश्वास गर्दछन् । सिन्धु र बलुचिस्तानको पहाडको फेदी अर्थात चुरे क्षेत्रमा ईपु ६ हजार बर्ष तिरका पोटरी (Wheel turned pottery) पाइएकोले यो कुरा सावित गर्न सहयोग गर्दछ । बिद्धान अध्ययनकर्ताहरुले यस उपत्यकाको संस्कृति मध्य प्लेईस्टोन युग होमो ईरेक्टसको समयको मानेका छन ।

त्यो भनेको आज भन्दा ७ लाख ७४ हजार बर्षदेखि १ लाख २९ हजार बर्ष अघिको समय हो । उक्त विल पोटरी सभ्यता आर्यका पुर्वजको सभ्यता हो भनेर सोच्नु गलत हुन्छ । आर्यवर्त त धेरै पछि अर्थात ईसापुर्व १८ औ शताव्दी पछिको कुरा हो ।

ईसापुर्व र ईस्वीको शुरुवात पछि विभिन्न विदेशी व्यक्तिहरुले भारत आएको बेलाको आफ्नो पुस्तकमा भारतको बर्णन गरेका छन् । तिनीहरुमा मेगास्थनिज,फाहियान र हुएनसाङ मुख्य रहेका छन् । फाहियान र हुएनसाङ काशी पनि गएका थिए । बुद्धकालीन समयमा यो शहर काशी राज्यको राजधानी थियो ।

हुएनसाङले त काशीलाई पोलोनिस्से भनेका छन् भने मथुरालाई मतउला, यमुना नदीलाई पुन्वा भनेका छन् । काशीलाई उनले किन पोलोनिस्से भने त्यो भने स्पष्ट छैन ।

काश्गर

कतिपयले काशीको कुरा गर्दा पश्चिम चिनको सिन्ज्याङ उगुर स्वायत्त क्षेत्रको एक शहर काश्गरलाई बताउने गर्दछन् । यसको ईतिहास ईसापुर्व १० शताव्दीबाट शुरु हुन्छ । त्यस अघि यो स्थान सुले राजबंशको अधिनस्त थियो । ईसापुर्व १ हजार बर्ष तिर युची, उसुन र सक मानव समुहहरु ताक्लामकान मरुभूमी क्षेत्रमा मरुध्यानको खोजीमा फिरन्ते जीवन बिताउथे ।

त्यहि घुमन्ते फिरन्ते मानव समुहले ईसापुर्व हजार बर्ष अर्थात ईसापुर्व १० शताव्दीतिर हाल काश्गर रहेको स्थानमा ति मानव समुहका स–साना बस्ति बसेका थिए जो सिल्क व्यापारको बाटो पर्दथियो ।

काश्गरको आदिवासी नाम कश हो । कश भनेको चट्टान (rock) हो । पुर्वीय ईरानियन भाषाको यार जोडेर कशयारबाट काशगर भयो । पुर्वी ईरानियन भाषामा यार (Yar) भनेको पहाड (mountain) हो र पर्शियनमा गर या गार भनेको पहाड या पहाडी (ridge) हो । यस अर्थमा काश्गरको नाम उत्पति तथा स्थापना भयो । पछि गएर यो भूमध्यसागरिय क्षेत्र र यूरोपतिर सिल्क व्यापार हुने केन्द्रकोरुपमा बिकास हुन पुग्यो ।

यहि काश्गरलाई ईस्वीको ९०–१६८ का टोलेमी (Ptolemy) ले उनको भूगोल पुस्तकमा काशी नाम राख्न पुगेका थिए । त्यहादेखि यसको नाम काशी प्रचलनमा आयो । यो काश्गर ईपु १७७ मा झिंग्नु बंशको मातहतमा थियो भने ईपु ६० मा पश्चिमा हानहरुको मातहतमा गएको थियो । यो ईस्वीको पहिलो शताव्दीतिर झिंग्नु र युचि राजबंशको मातहतमा गएको थियो । व्यापारी केन्द्र भएकोले यो स्थान विभिन्न समयमा विभिन्न राजबंशको अधिनस्त रह्यो ।

भारतको काशी र चिनको काश्गर (काशी) को सम्बन्ध

चिनीया बौध यात्री फाहियान र हुएनसाङहरुले भारत (तत्कालिन जम्बु द्धिप) भ्रमण गर्दा चिनको चाङगनबाट सोझो बर्मा–थाईल्याण्ड या नेपाल या अरुणाचलको हिमालय श्रृंखलाको गल्छीबाट भारत आएनन् ।

उनीहरु चाङगनबाट गोवि मरुभुमी हुदै खोटान, काश्गर, गान्धार हुदै भारत आएको कारणले चिन र भारत आउने रुटमा काश्गर एक महत्वपुर्ण बिन्दु स्थान थियो भन्ने स्पष्ट देखिन्छ ।

काश्गरको नाम ईस्वीको १\२ शताव्दीतिर टोलेमीले काश्गरको नाम काशी राखेकोबाट भारतको काशी नामबाट प्रभावित भएर काश्गरलाई काशी नाम राखेको देखिन्छ । ईरानको विभिन्न प्रान्तमा रहेका काशी नामका स्थानहरु पनि पछिल्लो समयमा नै राखेको हो भन्ने स्पष्ट हुन्छ।

भारतको काशी ईसापुर्व १०\११ शताव्दीतिरै धर्म, व्यापार तथा कलामा प्रशिद्ध भईसकेको थियो । पछिल्लो समयमा भारत आउने शक, कुषाण, यवन, हुण लगायतका मानव समुहहरु पनि यहि काश्गर सहित विभिन्न नाका रहेका विन्दु स्थानबाट नै भारत हमला गर्न आएका थिए । यि सबै कुराले के कुरा प्रमाणीत गर्दछ भने काश्गरलाईटोलेमीले काशी नाम राखेकोबाट त्यसको प्रभावबाट भारतको काशी नाम भएको होईन । भारतको काशी नामको प्रभावबाट काश्गरलाई काशी नाम दिईएको हो भन्ने स्पष्ट हुन्छ ।

भारतिय उपमहाद्धिपका प्रागऐतिहासिक मानव समुह

भारतिय उपमहाद्धिपको क्षेत्र नेपाल, पाकिस्तान देखि मध्य भारतको नर्मदा उपत्यकासम्म प्रागऐतिहासिक पाषाण तथा नवपाषाण युगका मानवहरुको अवशेषहरु पाईएका छन ।

यस्ता अवशेषहरु ५ लाख बर्ष पुरानोसम्मका पाईएको छ । नेपालको तिनाउ नदीमा पाईएकोरामापिथेकस (हाल शिवपिथेकस) नाम दिइएको जीवको च्यापुको माथिल्लो बंगारा लाखौ करोडौ बर्ष पुरानो मानिएको छ भने मध्य भारतको नर्मदा उपत्यकाको हाथनोरामा पाईएको होमो हाईडेलबरजेन्सीसको ५ लाख बर्ष पुरानो खप्परको अवशेष, नेपालको सिवालिक पर्वतको फेदी दाङ–देउखुरी र महोत्तरीको रातु खोलामा पाईएका ढुंगे युगिन हतियार बनाउने स्थान, ३६ हजार बर्ष पुरानो होमो सेपियन मानवको श्रीलंकाको एउटा गुफामा पाईएका अवशेष र दक्षिण भारतको खलाड्गी बेसीमा पाईएको ४०–५० हजार बर्ष पुरानो (४०–५० हजार बर्ष समय अघिको) चट्टानमा लेखिने कलाको अवशेषले लाखौ बर्ष अघि यस उपमहाद्धिपमा जीव तथा मानवको अस्तित्व थियो भन्ने स्पष्ट गर्दछ ।

चिनीया अध्ययन अनुसन्धानकर्ता फेङ जाङ, बिङ सु, या पिङ जाङ र लि जिनका अनुसार भारत सहित दक्षिण एशिया क्षेत्र अफ्रिकाबाट पुर्वी एशिया र ओसेनियातिर मानव छरिने फैलने आवत जावत गर्ने (corridor) भएकोले भारत र दक्षिण एशियामा मानव समुहको विविधता धेरै छ ।

भारत र दक्षिण एशियाबाट नै पुर्वी एशिया र ओसेनियातिर मानव समुह गएको हो भन्ने देखिन आउछ भने तिनीहरु कतिपय फर्केर फेरी यहि आए भन्ने पनि देखिन्छ । तिनै मानव समुहका शाखा सन्तानहरु यस भारतिय उपमहाद्धिप तथा दक्षिण एशियामा पाईन्छन ।

तिनीहरुको को हुन त ? भारतिय उपमहाद्धिपका मानव समुहहरु

समाजशास्त्री मानवशास्त्रीले विश्वका सबै मानव समुहलाई रंग र शाररिक बनावट लगायत विभिन्न बिशेषताको आधारमा बृहत्तर तहमा ४ वटा मानव समुहः नेग्रिटो, अष्ट्रोलोईड, मंगोलोईड र ककेसोईडमा बाडेका छन् । समाजशास्त्री तथा मानवशास्त्रीका अनुसार भारतिय उपमहाद्धिपमा आएको पहिलो मानव समुह नेग्रिटो मानव समुह हो ।

अफ्रिकाबाट विभिन्न हुलमा मानव समुह छरिदा भारतिय उपमहाद्धिपमा भने २ वटा बाटो समुन्द्र तटिय र लेभेन्ट मध्य पुर्व, बलुचिस्तानको बाटो र पाकिस्तानको सोहन उपन्यकाको भूमी बाटो हुदै भारतिय उपमहाद्धिपमा आए भन्ने बिश्लेषण रहेको छ ।

भारतिय रुटबाट पुर्व दक्षिण गएका नेग्रिटो समुहका मानवहरु हाल भारतको अण्डामन द्धिप सहित ओसेनिया, मलाया प्रायद्धिप सहित फिलीपिन्समा रहेका छन् ।

ओसेनिया, मलाया प्रायद्धिप सहित फिलीपिन्सका द्धिपहरुमा रहेका यो समुहका मानव समुहहरु अन्य धेरै मानव समुहसंग सम्मिश्रण भई (genetic mutation) बनेका मानव समुहकारुपमा रहेका छन् । मलेशियाका ओराङ अस्ली यसको एउटा उदाहरण हो । यस नेग्रीटो समुहमा (Y chromosome) ग्रुप पाईन्छ ।

भारतिय उपमहाद्धिपमा आएका दोस्रो मानव समुह भनेको अष्ट्रोलोईड मानव समुह हो । यो मानव समुह पनि भारतदेखी ओसेनिया हुदै अष्ट्रेलियासम्म छरियो फैलियो ।

भारतमा रहेका आदिवासी मानव समुह, ड्राबिडियन र कथित दलित नामका मानव समुह यसै मानव समुहका हुन । यिनै मानव समुह नै उत्तर भारतदेखी मध्य भारत हुदै दक्षिण भारतसम्म फैलिएर रहेका छन् । यस अष्ट्रोलोईड समुहमा A.B.E \ K2 जेनेटिक (genetic Y chromosome) हाप्लो GROUP पाईन्छ । ड्राबिडियनहरुलाई जेनेटिकल्ली h & f  ग्रुप मानव समुहकैरुपमा लिईन्छ ।

भारतिय उपमहाद्धिपमा आएका तेस्रो मानव समुह भनेको मंगोलोईड मानव समुह हो जस्लाई यस उपमहाद्धिपमा किरात मानव समुहकोरुपमा पनि लिईन्छ ।

यस मंगोलोईड भनिएको किरात मानव समुहको सम्बन्धमा ३ वटा बिचार रहेको छ । पहिलो बिचार अनुसार यो मानव समुह भूमध्यसागरिय क्षेत्रबाट सर्दै भारतिय उपमहाद्धिपमा आए र काश्मिरदेखी आसाम बर्मासम्म बसोबास गर्न पुगे भन्ने रहेको छ भने दोस्रो बिचारले चिनीया येलो रिभर भ्याली सभ्यताका हुल हुल मानव समुहहरु लासा, काश्मिर लद्दाखदेखी नेपाल, अरुणाचल हुदै आसाम बर्मा र थाईल्याण्डसम्मका हिमाली नाकाहरुबाट दक्षिणतिर आए र काश्मिरदेखी आसाम बर्मासम्म बसोबास गर्न पुगे भन्दछ ।

तेस्रो बिचारले यो मानव समुह बाहिर कहिबाट आएको नभई यहि उत्पति भएको भन्ने रहेको छ । मंगोलोईड मानव समुहमा रहेको (o) जेनेटिक हाप्लोग्रुप जेनेटिक म्युटेसन भएर यहि भारतिय उपमहाद्धिपमा बिकास भयो भन्ने एकथरी जेनेटिक अध्ययनकर्ताहरुको अनुमान रहेको छ ।

यो हाप्लोग्रुप उत्तरी पहाडी भूभागबाट उत्तरपुर्व भारत भएर बर्मा, थाईल्याण्ड र चिन गयो भन्ने उनीहरुको राय पाईन्छ । यसबारेको बिस्तृत अध्ययन आउन सकेको छैन । अर्काथरीले यस हाप्लोग्रुपको बिकास पुर्वी एशियामा भयो भन्ने जिकीर रहेको छ ।

चेप्टो अनुहार, चिसो आखा र अलि होचो कद लगायत शाररिक संगठनको आधारमा यिनीहरुलाई मंगोलोईड समुहमा राखिएको छ । वास्तवमा कालो बर्णका अष्ट्रोलोईड समुहदेखि बाहेक सबै गैरआर्य मानव समुहलाई किरात समुहमा राखिएको हो ।

यि मानव समुहमा बंशाणु जेनेटिक हाप्लोग्रुप N, C, D & O (Y chromosome)  हाप्लोग्रुप प्राय मंगोलोईड भनिएको मानव समुहमा पाईन्छ । यिनै किरात भनिएका मंगोलोईड मानव समुहहरु ईसापुर्व ३०\२० औ शताव्दीदेखि काश्मिरदेखी बर्मासम्मको हिमाली खण्ड तथा गंगा–ब्रम्हापुत्र मैदानमा रहेका थिए । यो समुह आर्यहरुको अतिक्रमण पछि गंगा मैदानदेखि दक्षिण र हिमाली पहाडी भागतिर धकेलिए । यिनै मानव समुहहरुका स–साना समुह भारतको मध्य प्रदेश, उत्तर प्रदेश, राजस्थानदेखी डेक्कन–कर्णाटकसम्म छरिन पुगे ।

पछिल्लो प्रागऐतिहासिक बस्तु यख्खको मुर्तिहरु भारतको मध्य प्रदेशदेखि नेपाल र थाईल्याण्डसम्म पाईनुले यख्ख मानव समुह यस ठुलो क्षेत्रमा थिए भन्ने पुष्टी गर्दछ ।

यख्ख भनेका किरातसंग सम्बन्धित मानव समुह थिए । भेटिएका यख्खका मुर्तिहरुको बनोटमा देखिएको आकृति, आभुषण तथा शाररिक बनोट किरात समुहका मानिससंग मिल्छ ।

हिन्दु धर्म मतका मानिसले यख्ख (यक्ष) लाई शहर, ताल, पोखरी तथा ईनारको रक्षक देवता मानेको पाईन्छ । यस्तो स्त्री प्रजनन देवता र मातृ देवताहरुको उत्पति भारतका शुरुका आदिवासी मानव समुहमा थियो । उनीहरुबाट नै यसको शुरु भयो भन्ने भनाई रहेको छ ।

आर्यहरुको यजुरवेद र अथर्व वेदको निर्माण पछि यि मानव समुह मध्ये धेरै जसो आर्यकरण, क्षेत्रियकरण र हिन्दुकरण भए भन्ने कुरा महाजनपदकालका नाग÷नागा बंश, सेन\सुङ बंश, चन्देल, सातवाहन, शाक्य, मल्ल, चेदी, कन्व बंश, बृृजी (लिच्छवी) लगायत केही मानव समुहको पुख्र्यौली विवरण आउन नसकेकोबाट स्पष्ट हुन्छ ।

यसो त पछिल्लो समयमा भारत आक्रमणगरि शासन गर्न आईपुगेका सिथियन, पार्थियन, शक, कुषाण र हुणहरु पनि आर्यकरण, क्षेत्रियकरण र हिन्दुकरण भएर राजपुत, क्षेत्रिय तथा ब्राह्मण हुन पुगेको देखिन्छ ।

उदाहरणको लागी यिनीहरु कोही अहिले राजपुत, जाट, गुरजर, चौहान, पावर, राठी, सिसौदिया लगायतका बंश समुह भएका छन् ।

मध्य एशियाबाट प्रागऐतिहासिक कालमा भारत आएका आभिर\अहिरहरु पनि पछिल्लो समयमा संस्कृतकरण आर्यकरण भएको कुरा विभिन्न लेखकहरुले उल्लेख गरेका छन् । हुणहरुलाई किडाराईट (kidarites) मानव समुह पनि भनिन्छ जस्ले ईस्वीको ३६०–३७० मा मध्य एशियामा किडाराईट राज्य स्थापना गरेका थिए ।

यिनै हुणको एक शाखा समुहले कुशाणको राज्य शासन (ई ३०–३७५) लाई पतन गराएका थिए । यिनै मानव बंशका सन्ततिहरु जटिल जेनेटिक हाप्लोग्रुपकासाथ काशी लगायतका क्षेत्रमा रहिरहेकै छन् । खासगरि भारतमा हाल H, F, D, C, R1a, R2, R1 a1 जेनेटिक हाप्लोग्रुपका मानिसहरु पाईन्छन् ।

भारतिय उपमहाद्धिपमा आएका चौथो मानव समुह भनेको ककेसोईड समुह हो जस्लाई यस उपमहाद्धिपमा आर्य मानव समुहकोरुपमा पनि लिईन्छ । यो मानव समुहको बसोबास उत्तरी भारतमा रहेको छ । यसको मुल बासस्थान भनेको उत्तराखण्ड, उत्तर प्रदेश, दिल्ली देखि मध्य प्रदेशसम्म रहेको छ । यस समुहमा R genetic (Y chromosome)  भहाप्लो ग्रुप पाईन्छ । यिनीहरु प्रायजसोमा पाईने हाप्लोग्रुप भनेको च्ज्ञबज्ञ हो जसलाई आर्यन जिन भनिन्छ । यो मध्य एशियन तथा युरेशियन जिन हो । यिनको पुर्खा जीन भनेको R1 a1हो । जेनेटिक हाप्लोग्रुप H, I, J, K,  M, T, U, V, W & X चाही पश्चिमी युरेशियन मानव समुहमा पाईन्छ ।

सिद्धान्त त एउटा जेनेटिक हाप्लोग्रुप भएको मानव समुहमा अर्को जेनेटिक हाप्लोग्रुप भएको मानव समुह मिसिन गयो र समयको लामो अवधिमा एउटै मानव समुह या राष्ट्रकोरुपमा बिकास भयो भने उक्त समुहमा विभिन्न जेनेटिक हाप्लोग्रुप भएका मानवहरु पाईन्छन ।

यसको लागी नेपालको नेवा राष्ट्र समुदायलाई उदाहरणकोरुपमा लिन सकिन्छ । नेवा भित्र तिब्बत–बर्मी अर्थात पुर्वी एशियन जेनेटिक हाप्लोग्रुपका मानिसहरु, दक्षिण भारतिय अर्थात अष्ट्रोलोईड तथा उत्तर भारतिय अर्थात ककेसोईड जेनेटिक हाप्लोग्रुपका मानिसहरु १० देखि ५६ प्रतिशतसम्ममा रहेका छन् । नेवारमा लगभग ५६% पुर्वी एशियन अर्थात तिब्बती पुर्खा भएका मानिसहरु पाईन्छन् ।

अर्को उदाहरण भारतमा जाट मानव समुह या राष्ट्रलाई लिन सकिन्छ । आफुलाई सिथियन आर्य मान्ने जाट मानव समुहमा ९ वटा भौगोलिक क्षेत्रका ९ प्रकारका बंशाणु हाप्लो group  – E, G, H, I, J, L पाईन्छ । यसमा पनि ९०%  cast मा L, Q, R, J हाप्लोग्रुप पाईन्छ भने १०% मा E, G, H, I, T हाप्लोग्रुप पाईन्छ ।

E लाई ईजिप्सीयन, G लाई मंगोल तथा चिनिया, H लाई युरोपियन तथा दक्षिण एशियन, H लाई जर्मन तथा फ्रेन्च, J लाई अरब र टर्किस, L लाई पुर्वी अफ्रिकन, Q लाई नेटिभ अमेरिकन तथा ओसेनियन, I लाई मध्य एशियन आर्यन र T लाई ईजरायली जिउज बंशाणु प्रकार या हाप्लोग्रुप मानिन्छ ।

यिनीहरु धेरै जसो भारतको दक्षिण, मध्य तथा उत्तर क्षेत्रमा ब्राह्मण तथा क्षेत्रि जात भएका छन । यस्ता मिश्रीतरुपकामानवहरु भारतिय उपमहाद्धिपमा यत्र तत्र पाईन्छन् ।

भारतको काशीमा रहेका अहिलेको मानव समुहहरु पनि यस्तै स्थितिका रहेका छन् । ईसापुर्व १० शताव्दीसम्म काशीका बासिन्दामा यस्तो समस्या थिएन ।

आर्यहरुको अतिक्रमण पश्चिमबाट हुन थाले पछि काशीका प्रागऐतिहासिक मानव समुहहरु कोही दक्षिण त कोही उत्तरतिर पलायन भए भन्ने कुरा विभिन्न जनपद अर्थात १६ महाजनपदहरुका साथै नेपाल उपत्यकामा किरातहरुले राज्य स्थापना गरेकोबाट उक्त कुरालाई तार्किक निश्कर्षमा पुर्याउन सहयोग गर्दछ ।

काशी लगायत गंगा मैदान र गंगा मैदानको आसपासबाट बिस्थापन भएका विभिन्न किरात समुहहरुले दक्षिण भारतकासाथै मध्य र उत्तर भारतमा विभिन्न जनपदहरु स्थापित गर्न पुगे ।

एउटा महाजनपदमा विभिन्न जनपदहरु मिलेर यस्ता महाजनपदहरु ईसापुर्व छैटौ शताव्दीतिर १६ महाजनपदहरु बन्न गए । अंग, अस्माका, अवन्ति, चेदी, गान्धारा, कम्बोजा, काशी, कोसाला, कुरु, मगध, मल्ल, मत्स्य, पान्चाल, सुरसेना, ब्रिजी (बज्जी) र भत्स्य महाजनपदहरु मध्ये ईसापुर्व पाचौ–चौथो शताव्दीमा मगध महाजनपद ज्यादै शक्तिशाली भएर आयो ।

यस्ता महाजनपदहरु बनाउनुको मुख्य उदेश्य आफ्नो अस्तित्व रक्षा र शत्रुहरुलाई परास्त गर्नको लागी थियो । यि १६ महाजनपदहरुमा किरात महाजनपद रहेको देखिन्न । यसको अर्थ ईसापुर्व १२–११ शताव्दीसम्म यजुरवेद र अथर्ववेदका अनुसार किरातहरुको अस्तित्व रहेको थियो । त्यसपछि किरातहरु बैदिक आर्य समुहमा क्रमश बिलय (Assimilate) हुदै गए । नेपाल उपत्यकामा आउनेहरुले मात्र आफ्नो किरात अस्तित्व बचाउन सके ।

यस बाहेक त्रिपुराका किरातहरुले हाल आफुलाई किरात नाम पहिचानबाट परिचय नदिएता पनि ईतिहासमा तिनीहरुलाई किरात समुह नै भनिएको छ । यसैले, महाजनपद बनेको स्थितिमा तिनै किरात समुहहरु भिन्न भिन्न नाममा जनपद तथा महाजनपद बनाउन पुगे ।

कम्बोज, सुरसेन, मल्ल, बज्जी, चेदी, मगध लगायतका जनपदहरु तिनै प्रागऐतिहासिक किरात समुहहरुका शाखा सन्तानले भिन्न नाममा बनाएका महाजनपदहरु थिए । शाक्य जनपद कोशला महाजनपदमा थियो ।

अंग, चेदी, मगध, गान्धार महाजनपदबारे अथर्व बेदमा पनि उल्लेख भएकोले यि राज्य\जनपद ईसापुर्व ११–१० औ शताव्दीतिरै अस्तित्वमा थिए कि भन्ने देखिन्छ भने संगसंगैअर्कोतिर अथर्व बेद ईसापुर्व ७–६ शताव्दीतिर पनि लेखिन्दै थियो कि भन्ने संकेत मिल्दछ ।

अझ, चेदी जनपद त ऋगबेदमा नै उल्लेख गरिएको छ भनिएकोले यसको अर्थ या त चेदी राज्य÷जनपद ऋगबेदकालमै अस्तित्वमा थियो या त कतिपय कुराहरु ऋगबेदमा पछि थप गरियो भन्ने संकेत मिल्छ । ऋगबेद आर्यहरु आर्यवर्तमा रहदै निर्माण भएकोले ऋगबेदकालमा नै चेदी जनपद हुनुले तिनीहरु आर्यवर्तका आर्यहरु भन्दा अघिका मानव समुहका राज्य थिए भन्ने पृष्टी हुन्छ ।

काशी र सिन्धु घाटी सभ्यता

सिन्धुघाटीको सभ्यता ईसापुर्व ३३ औ शताव्दी देखि ईपु १८ औ शताव्दीसम्मको मानिएको छ । काशीको सभ्यता पनि काशीमा भएको उत्खननबाट प्राप्त अवशेषबाट ईसा पुर्व १८ औ शताव्दी भन्दा अघिको हो भन्ने देखिएको छ । यसको अर्थ काशी सभ्यता र पछिल्लो सिन्धुघाटी सभ्यता समकालिन सभ्यता हुन भन्ने स्पष्ट हुन्छ । कतिपयले काशी सभ्यता सिन्धुघाटी सभ्यताकै अंश हो पनि भनेका छन् । तर प्रमाणहरुले त्यस्तो देखाएको छैन ।

तत्कालिन काशी सभ्यता फरक मानव समुहको सभ्यता हो भन्ने कुरा त्यस क्षेत्रमा रहेको नदी, स्थान र पहाडहरुको प्रागऐतिहासिक कालदेखीको नामहरुले पनि संकेत गर्दछ ।

प्रागऐतिहासिक कालमा यमुना नदीलाई पुन्वा, नर्मदा नदीलाई रेवा, बेत्रावतीलाई बेत्वा, सतपुरा पहाडी श्रृंखलाबाट बग्ने नदीलाई ठुलो तावा र सानो तावा भनिनु र हाल ति नामहरुलाई ईतिहासमा नामेट गर्ने कार्यले पनि सिद्ध गर्दछ । यसले यो क्षेत्रको सभ्यता नदी नाम पछिवा जोड्ने सभ्यताका मानव समुहको सभ्यता थियो भन्ने देखाउछ ।

यसरी नै, काशी क्षेत्रमा कन्वा, बेलाहारा, नावारा, थोबावारा, मांगवा, कचवा, पार्खाम जस्ता अनगिन्ती नामहरु रहेकोबाट काशी र काशी दक्षिण मध्य प्रदेशका धेरै क्षेत्रमा आर्य र ड्राविडियन भन्दा फरक अर्कै मानव समुहको सभ्यता थियो भन्ने संकेत दिन्छ । किरात भन्ने शव्दको उत्पति भुमध्यसागरिय मोआवाईट भाषाको किरयात अर्थात शहर तथा दुर्ग भन्ने अर्थबाट भएको हो ।

त्यसैले, ईजरायलमा ठाउ र शहरको नाम किरयात अर्व, किरयात घाट, किरयात सेमोना, किरयात ओनो, किरात मोड्जकिन, किरयात अता, किरयात याम, किरयात बईलिक जस्ता नामहरु धेरै रहे जस्तै भारतमा पनि राजस्थानमा रहेको किरात स्थान, उत्तर प्रदेशको जउपुर जिल्लाको धर्मपुर ब्लक र बनारस डिभिजनमा रहेको किरातापुर गाउ, उत्तर प्रदेशको बिजनौर जिल्ला अन्तर्गतको एक शहर किरातपुर, मध्य प्रदेशको हौसङगावाद जिल्ला अन्तर्गतको किरातपुर गाउ, पन्जाबको रुपनगर जिल्ला अन्तर्गतको किरातपुर साहिब शहर आदी ठाउ, स्थान, गाउ तथा शहरका नामहरुले पनि किरात समुहको अस्तित्व थियो भन्ने संकेत गर्दछ ।

ति नाम सभ्यताहरु अहिले धेरै मेटाईसकिएको छ । भारतिय ईतिहासमा खोजिए पनि भेट्न गाह्रो हुन्छ । जसको सभ्यता हो उसले आफैले मेटाउन खोज्यो या मेटाउन सहयोग गर्यो भने मेट्न चाहनेलाई त मेटाउन सजिलो हुन्छ ।

उदाहरणको लागी नेपालमा एक थरि किरातका शाखाहरु हामी किरात होईनौ भन्नुले पनि पछिल्ला ईतिहासमा किरात नाम नपाउन सकिन्छ जसरी भारतिय ईतिहासमा नामेट गरिएको स्थिति छ ।

यस्तो कार्यले ईतिहासको कालखण्डमा गौरवशाली ईतिहास भएको किरात समुहको बिरासत पनि सिद्धिन्छ र बिच्छेदित (Disconnected) आप्रावासी ईतिहास लिएर रहनु पर्ने हुन्छ । विश्वको ईतिहासमा यस्ता नामेटका उदाहरणहरु धेरै छन् ।

चेदी महाजनपदका नागा राजबंश

चेदी महाजनपदको पछिल्लो अवशेषकोरुपमा रहेका नागा बंशको उत्पति रहस्यमय छ । पुराणीक श्रोत अनुसार ति नागा राजाहरुले ३ वटा केन्द्रबाट राज्य शासन गरेका थिए ।

पहिलो, काशी र बिध्या पर्वत श्रृंखलाको बीचमा पर्ने कान्तिपुरी जसलाई हिजो आज मिर्जापुर भनिन्छ त्यस केन्द्रबाट, दोस्रो मथुरा (मतउला) केन्द्रबाट र तेस्रो पद्मावती (चम्पावती) अर्थात पवाया केन्द्रबाट राज्य शासन गरेका थिए भन्ने कुरा त्यस क्षेत्रको विभिन्न शिलालेख र आख्यानहरुबाट देखिन्छ ।

यस क्षेत्रमा पाईएको त्यस बेलाको मुद्राको बिश्लेषण अनुसार पवाया नै नागा बंशको केन्द्र थियो जसलाई भारशिव भनिन्थ्यो । यि नागा बंश मानव समुहले शिवलाई आफ्नो बंशको आदिपुरुष मान्दथे ।

यि नागा बंश समुह भारतका आदिवासी समुहका थिए भन्ने एक थरीहरुको राय रहेको छ । केहि बिद्धान ईतिहासकारहरुले मगधका राजा बिम्बीसार र सतवाहन बंश पनि नाग बंशकै थिए भन्ने बिश्लेषण रहेको छ । काश्मिरका कर्कोटक बंशीहरु पनि नाग बंशी नै थिए भन्ने भनाई रहेको छ ।

बिम्बीसारको हर्यङक बंश पछि प्राचिन मगधमा नाग बंश (ईसापुर्व ४१२–३४४) ले शासन गरेका थिए भन्ने भारितय ईतिहासबाट नै देखिन्छ ।

प्रागऐतिहासिककालको नेपाल राज्यमा नाग बंश रहेका र नागदेश रहेको आख्यानहरु पाईन्छ । मुख्य कुरा ति नाग बंशका मानव समुह कता हराए र अहिले कुन कुन बंश समुहहरु तिसंग सम्बन्धित छन भन्ने प्रश्न महत्वपुर्ण छ । यसबारेमा अध्ययन गर्न पनि उतिकै जरुरी छ ।

निश्कर्ष

प्राचिन काशीका बासिन्दाहरुबारे धेरै मतहरु भए पनि बर्तमानमा उत्खननबाट ईसापुर्व १८ औ शताव्दी भन्दा अघिदेखि नै त्यहा आदिवासीहरुको बसोबास थियो भन्ने प्रमाणीत भएको छ । भारतको नाम भारत ईस्वीको आठौ\नवौ शताव्दी भन्दा पछि भएको र आर्यहरु भारतिय भूमीमा ईसापुर्व १४\१३ शताव्दीतिर प्रबेश गरेकोले काशीका प्राचिन बासिन्दा बैदिक मानव समुह होईनन भन्ने स्पष्ट हुन्छ ।

काशीको नाम पनि आदिवासी समुह काशिस अर्थात काईसी भन्ने शव्दबाट काशी भएकोले यो गैरसंस्कृत शव्द भएकोले उक्त कुरालाई प्रमाणीत गर्न सहयोग गर्दछ ।

भारतका प्राचिन किरातहरु आर्यकरण, हिन्दुकरण र क्षेत्रियकरण भएको कुरा हाल क्षेत्रिय र ब्राह्मण भनिएका मध्य तथा उत्तर भारतका केही बंशको उत्पति र ईतिहास अस्पष्ट भएकोबाट प्राचिन समयमा ति को थिए भन्ने कुरामा संसय उत्पन्न हुन्छ । कथा त धेरै जोडिए पनि ति बंशका उत्पति र ईतिहास सारमा अस्पष्ट छ ।

उक्त कुरालाई सांस्कृतिक र पुरातात्विक हिसावले मात्र नभई तिनीहरुमा पाइने जेनेटिक हाप्लोग्रुपको जेनेटिक बिश्लेषणले पनि प्रमाणीत गर्न सहयोग गर्दछ ।