काठमाडौं, ०४ फागुन । नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको घरमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएको छ । बुधबार राति भएको उक्त विस्फोटमा नेता तथा प्रतिनिधिसमा सांसद चन्द्र भण्डारीसहित उनकी आमा गम्भीर घाइते भएकी छन् ।
उनको आफ्नै निजी निवास काठमाडौंको नयाँ वानेश्वर बुद्धनगरमा बुधबार राति भएको विस्फोटमा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा गम्भीर घाइते भएकी हुन् ।
उनीहरु ग्याँस विस्फोटमा परेको र उनीहरु दुवै जनाको हाल कीर्तिपूरस्थित बर्न सेन्टर उपचार भइरहेको काँग्रेस महामन्त्री विश्वप्रकास शर्माले जानकारी दिए ।
उनले आफू बुधबार राति नै कीर्तिपूर अस्पताल पुगेर भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बुझेको सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।
उनका अनुसार चन्द्र भण्डारीको शरीरको केही भाग जलेको छ । त्यस्तै उनकी आमाको भने करिब ७० प्रतिशत शरीर जलेको बताएका छन् ।
भण्डारी गुल्मी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली काँग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षिया माताको किर्तिपुरको अस्पतालमा उपचार भइरहेकोे छ l
अस्पतालबाट भर्खर फर्किएको छु l ममतामयी माता र आदरणीय चन्द्र´दाइ दुवैको सिघ्र स्वास्थलाभकालागि भगवानसँग प्रार्थना गर्दछु l pic.twitter.com/dg1mHcoZVD
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 15, 2023