पाँचथर, ०७ फागुन । पाँचथर जिल्लाको फालेलङ गाँउपालिका ७ बाँसबोटेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
कोशी अस्पताल विराटनगरमा कार्यरत डाक्टर हरि खनालको संयोकत्वमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो ।
शिविर बिहिबार अर्थात फागुन ११ गते संचालन हुने भएको हो ।
खनालले आफ्नो जन्मथलो सिदिनका नागरिकको उपचारको स्वास्थ्य सेवा दिने उदेश्यले शिविरको संयोजन गरेका हुन् ।
सिदिन सामुदायिक बिकास क्लबको आयोजना तथा मोरङ सहकारी अस्पतालको प्राविधिक सहयोगमा शिबिर सञ्चालन हुने भएको हो ।
त्यस्तै शिबिर सञ्चालनका लागि फालेलुङ गाँउपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।
सो शिविरमा ब्लड प्रेसर, सुगर, थाईराइड, पेट, छाती तथा मूटुरोग सम्बन्धी जाँच हुनेछ ।
त्यस्तै हाड जोर्नी तथा नशा, लागु औषध तथा मानसिक रोग सम्बन्धी परामर्श, ब्लड टेष्ट, सुगर टेष्ट र ब्लड ग्रुप टेष्ट गरिने छ ।
उक्त शिबिरमा विशेषज्ञ सहितका ६ जना चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुले सेवा दिने बताइएको छ ।
स्वास्थ्य परीक्षण गराउने विरामीलाई निःशुल्क औषधी बितरण हुनेछ ।