- सुमन आचार्य
तेह्रथुम, ०७ फागुन । तेह्रथुमको आठराई गाउँपालिकाको आयोजना मिति २०७९ साल फागुन १७ गते देखि आठराई गाउँपालिकामा अध्यक्ष रनिङ कप हुने भएको छ ।
अध्यक्ष रनिङ कप आठराई गाउँपालिका वडा नं २ स्थित खाम्लालुङको झाक्री गुफाको खेल मैदानमा संचालन हुनेछ ।
अध्यक्ष कपको अबसरमा खुल्ला पुरुष फुटबल, खुल्ला महिला फुटबल , खुल्ला पुरुष भलिबल खेलका साथै धान नाच, ब्याडमिन्टन डबल , आठराई गाउँपालिका माध्यामिक विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिताका साथमा सांस्कृतिक कार्यक्रम तर्फ खुल्ला नाच (डान्स) प्रतियोगिता हुने गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो ।
खुल्ला पुरुष फुटबल अध्यक्ष रनिङ कपमा प्रथम हुनेले नगद रु १ लाख ५० हजार ३ बर्ष रनिङ ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद रु १ लाख ट्रफी, मेडल र प्रमाणपत्र त्यस्तै खुल्ला महिला फुटबल प्रतियोगिता तर्फ प्रथम हुनेले नगद रु ६० हजार ३ बर्षे रनिङ ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले नगद रु ४०हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै खुल्ला पुरुष भलिबल प्रतियोगितामा पहिलो हुनेले नगद रु ८० हजार ३ बर्षे रनिङ ट्रफी ,मेडल र प्रमाणपत्र दोस्रो हुनेले ५० ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सास्कृतिक कार्यक्रम तर्फ पहिलो हुनेले नगद रु १५ हजार प्रमाणपत्र, दोस्रो हुनेले नगद रु १० हजार प्रमाणपत्र र तेस्रो हुनेले नगद रु ५ हजारको साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
धान नाँच्न कार्यक्रम तर्फ पहिलो हुनेले नगद रु १० हजार र प्रमाणपत्र साथै दोस्रो हुनेले नगद रु ८ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै खुल्ला ब्याडमिन्टन तर्फ प्रथम हुनेले नगद रु २० हजार ट्रफी,मेडल र प्रमाणपत्र दोस्रो हुनेले नगद रु १५ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मावि स्तरीय कविता प्रतियोगिताका प्रथम हुनेले नगद रु ३ हजार दोस्रो हुनेले नगद रु २ हजार र तेस्रो हुनेले नगद रु १ हजारको साथमा प्रमाणपत्र प्राप्त गर्नेछन्।
फुटबल प्रतियोगिता र भलिबल प्रतियोगिता उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहीमले बताउनुभयो ।
खेलमा सहभागी हुन इन्ट्री सुल्क पुरुष फुटबल तर्फ नगद रु ५ हजार ,महिला फुटबल तर्फ नगद रु ३५ सय र पुरुष भलिबल प्रतियोगिता तर्फ नगद रु ३५ सय लाग्नेछ भने धान नाच तर्फ नगद रु ५०० सय ब्याडमिन्टन डबल तर्फ नगद रु १५ सय र सास्कृतिक कार्यक्रम तर्फ नगद रु ५ सय लाग्नेछ ।
टिम दर्ता गर्ने अन्तिम मिति २०७९ साल फागुन १६ गते ६ बजे सम्म रहेको छ । त्यस्तै सांस्कृतिक कार्यक्रम फागुन २२ हुने आठराई गाउँपालिका अध्यक्ष पाहीमले जानकारी दिनुभएको छ ।