ईङ्नाम–ईवाहाङ विकास समितिको छैटौँ महाधिवेशन आजबाट तेह्रथुमको इवामा

तेह्रथुम, ७ फागुन । ईङ्नाम–ईवाहाङ विकास समितिको छैटौँ महाधिवेशन, ईङ्नाम–ईवाहाङ युवा समाज तथा ईङ्नाम–ईवाहाङ चेलिवेटी समाजको दोस्रो महाधिवेशन आजबाट आठराई – ४ इवामा सुरु हुने भएको छ ।

ईङ्नाम–इवाहाङ पल्लो किरात लिम्वूवान क्षेत्रको दश लिम्बू सत्र थुम मध्ये पापोहाङ बंशी सयङ अर्थात परिवारहरुको साझा संस्था हो ।

त्यस्तै ईङ्नाम–इवाहाङ चेलिवेटी समाज उक्त संस्थाको सहयोगी भातृ संगठन हो ।

उक्त महाधिवेशन आठराई गाउँपालिका – इवास्थित श्री रन्दल आधारभूत विद्यालयको ईङ्नाम–ईवाहाङ विकास समितिको केन्द्रीय कार्यालय भवनमा हुने किशोरचन्द्र ईङ्नामले बताए ।

कार्यक्रमको पहिलो दिन आज कार्यक्रम समुद्घाटन सत्र, त्यस्तै फागुन ८ गते सोमबार बन्द सत्र, फागुन ९ गते मंगलबार कार्यक्रम समापन हुने जनाइएको छ ।

अधिवेशनमा सहभागी सम्पूर्ण बन्धुहरुलाई खान तथा बस्नको व्यवस्था गरिएको छ ।