तेह्रथुम, १० फागुन । ईङ्नाम–ईवाहाङ युवा समाजको अध्यक्षमा तेह्रथुमका किशोरचन्द्र ईङ्नाम निर्वाचित भएका छन् ।
फागुन ७ गतेदेखि ९ गतेसम्म तेह्रथुमको ईवामा चलेको युवा समाजको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा किशोरचन्द्र ईङ्नाम निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा धनकुटाका निर्मला खवाहाङ ईवाहाङ निर्वाचित भएकी छन् । त्यस्तै, महिला उपाध्यक्षमा सपना ईङ्नाम (तेह्रथुम) र हरी ईवाहाङ (धनुकुटा) पनि निर्वाचित भएका छन् ।
त्यस्तैगरी समाजको मासचिवमा भुवनकिश्वर ईङ्नम (तेह्रथुम) निर्वाचित भएका छन् ।
उपमहासचिवमा ओमन ईवाहाङ धनकुटा निर्वाचित भएका छन् ।
सचिवमा संजय ईङ्नाम, कोषाध्यक्षमा आकृति ईङ्नाम, सदस्यहरुमा युवराज ईङ्नाम, सुरेन्द्र ईवाहाङ, गंगा ईवाहाङ, गिता ईवाहाङ, टिना लिम्बू, शेखर ईङ्नाम, लालाहाङ ईङ्नाम, रमेश ईङ्नाम, संजय ईङ्नाम, विङ्कल ईङ्नाम, सुवास ईङ्नाम, मित्र ईङ्नाम, सन्देश ईङ्नाम, राजु ईङ्नाम, ईन्द्र ईङ्नाम, हाङ्नारायण ईङ्नाम, गंगा ईङ्नाम, दिलकुमारी ईङ्नाम, ज्योति ईङ्नाम, याम बहादुर ईङ्नाम (राजु), संजय ईङ्नाम र सिताराम ईङ्नाम निर्वाचित भएका छन् ।