काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठ नेतृत्वको प्रतिनिध मण्डल र उप–प्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ बीच मन्त्रालयमा मंगलबार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
अध्यक्ष श्रेष्ठको नेतृत्वले मन्त्री श्रेष्ठलाई भेटी बधाई दिदै मालबाहक सवारी क्षेत्रले भोग्दै आएको समस्य र समाधानका उपायबारे जानकारी गराएको महासघका महासचिव राजेन्द्र बिक्रम बानियाँले जानकारी दिए ।
विषेश गरी भारतीय मालबाहक सवारीको निर्वाध नेपाल प्रवेश , भारतीय गाडीको ओभर लोड नियन्त्रण ओभर लोडका कारणले नेपालका सडकमा भएको क्षेती, जसबाट स्वदेशी ट्रक व्यवसायीहरु परायन हुनुपर्ने अवस्था , बिमाको क्षेत्रमा देखिएको कानुनी जटिलता, काठमाडौंमा ट्रक पार्किङ लगायत समस्याहरु बारेमा मन्त्री श्रेष्ठको ध्यानाकर्षण समेत गराएका थियो ।
ट्रक व्यवसायीहरुको समस्य र समाधानको उपायहरु सुनिसकेपछी मन्त्री श्रेष्ठले सबै समस्याहरुलाई एकीकृत रुपमा समाधान लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भेटघाट कार्यक्रममा महासघका अध्यक्ष, हिरालाल श्रेष्ठ, उपाध्यक्ष, बिष्णु प्रसाद न्यौपाने, महासचिव राजेन्द्र बिक्रम बानियाँ, ध्रुव अर्याल, मधेश संयोगक, अर्जुन बहादुर सापकोटा बागमती प्रदेश, केन्द्रियहरु रोहित श्रेष्ठ , सरोज कुमार खनाल, बद्रीप्रसाद चौलागाईं र कार्यलय सचिव, रामचन्द्र न्यौपाने साथै अन्य ट्रक व्यवसायीहरुको सहभागीता रहेको थियो ।