काठमाडौं, ११ फागुन । । विद्यार्थी हरुको साझा सस्था स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सर्गमी बढेको छ ।
देशभरका विभिन्न क्याम्पसमा स्ववियु निर्वाचन घोषणा भएसंगै विद्यार्थी संगठनहरु आफ्नो माहोल बनाउन सक्रिय रहेका छन् ।
स्ववियुको निर्वाचन घोषण भएपछि उपत्यकाकाका क्याम्पसमा कहाँ कसको प्रभाव र कस्को माहोल भन्ने टिकाटिप्पणी चिया पसलसम्म सुरु भइसकेको छ ।
उपत्यकाको सर्वाधिक चर्चामा रहेको आरआर क्याम्पसमा नेकपा एस निकट (अनेरास्ववियू)को माहोल रहेको छ । यस क्याम्पसमा नेता सुशील खनाल नाम चर्चामा रहेको देखिन्छ ।
एक दशक देखि विद्यार्थी आन्दोलनमा सक्रिय नेता खनालको आर क्याम्पसका हरेक विद्यार्थीको माझमा लोकप्रिय रुपमा चिनिन्छन् । सरल र विद्यार्थीका हरेक समस्यामा नजिकमा रहेर काम गर्दै आएका खनाल विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय र सधैं अग्रमोर्चामा देखिन्छन ।
सबैमाझ घुलमिलहुन सक्ने क्षमता र कसैलाई नचिढ्याउने सबै सङ्ग सुमधुर सम्बन्ध बनाउन सक्ने खनालको यस्तो ब्यक्तित्व र विद्यार्थीमाझको लोकप्रियताबाट बिपक्षी समेत अतालिएको देखिन्छ।
हामिले विधार्थी नेता खनाल सङ्ग कुरा गर्दा उनले आफ्नो संगठन आर आरमा बलियो रहेको र अनेरास्ववियूको प्यानल नै चुनाव जित्न सक्ने बताउछन ।