तेह्रथुम, १२ फागुन । तेह्रथुमको आठराई ६ चुहानडाँडा स्थित हातिखर्कमा भीषण आगलागी भइरहेको छ ।
आगलागीबाट हालसम्म ७ वटाघर जलेर नष्ट भएको वडाअध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए ।
अहिले आगो नियन्त्रण बाहिर रहेको अध्यक्ष बास्कोटाले बताए । प्रहरी र स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।
चुहानडाँडामा गतवर्ष पनि आगलागी हुँदा केही घर जलेका थिए ।