पाँचथर, १३ फागुन । जिल्ला प्रहरी कार्यालय पाँचथरले जिल्लाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गरि पाटपूर्जाहरु विक्रि तथा खरिद गर्ने कार्यमा सम्बद्धहरुलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पक्राउ परेका ती युवाहरुले पाँचथर तथा तेह्रथुम जिल्लाबाट मोटरसाइकल चोरी गरेर खरिद गरी संचालन गर्ने, पार्टपुर्जाहरु खोली, काटी स्वरुप परिवर्तन समेत गर्ने गरेका थिए ।
प्रहरीले चोरी घटनामा संलग्नहरुलाई पक्राउ तथा चोरीको मोटरसाईकल समेत बरामद गरेको जनाएको छ ।
पाँचथर जिल्ला अन्तर्गत विभिन्न स्थानहरुबाट मोटरसाईकल राखेकै स्थानबाट चोरी भएको भन्ने सुचनाको आधारमा प्रहरीले खोजी तथा अनुसन्धान थालेको थियो ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
त्यस्तैगरी फिदिम बजार एरियाबाट मिति माघ २७ गते राति चोरी भएको मे. १० प.९१९१ र प्र.१–०३–००१ प.२७५० नम्बरको मोटरसाईकल खोजतलासको क्रममा बेवारीसे अवस्थामा फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ ।
चोरी भई बरामद मोटरसाईकल
१) को.३२ प.३७८४ नम्बरको रातो राङको १५० cc को पल्सर मोटरसाईकल ।
२) प्र.१-०१-०१४ प.३७९१ नम्बरको १५० cc को पल्सर मोटरसाईकल (पार्टपुर्जा खोली ईन्जिन नम्बर कोरी नबुझिने गरी स्वरुप बिगारेको )
३) मे.१० प.१६७० नम्बरको २२० cc को पल्सर मोटरसाईकल (नम्बर परिबर्तन गरी को.१७.प.१८७० नम्बर प्लेट लगाएको)
४) मे.४.प.३४५० नम्बरको १५० cc को पल्सर मोटरसाईकल (नम्बर परिबर्तन गरी ज.५.प.८५८१ नम्बरको प्लेट लगाएको)।
५) को.३९ प.६४१९ नम्बरको प्लेट लगाएको २२० cc को निलो रङको पल्सर मोटरसाईकलको (बास्तबिक नम्बर नखुलेको)
६) मे.४.प.३०५४ नम्बरको १५० cc को निलो रङको पल्सर मोटरसाईकल (बास्तबिक नम्बर नखुलेको )
७) को.३३ प.९२७५ नम्बरको २२० cc को पल्सर मोटरसाईकल (बास्तबिक नम्बर नखुलेको)
पक्राउ व्यक्तिको नाम
१) जिल्ला तेह्रथुम आठराई गाउँपालिका वडा न.४ वस्ने वर्ष २३ को श्रीप्रसाद तामाङ ।
२) जिल्ला तेह्रथुम आठराई गाउँपालिका वडा न.४ वस्ने वर्ष १९ को शिब कुमार तामाङ ।
३) जिल्ला तेह्रथुम आठराई गाउँपालिका वडा न.४ वस्ने वर्ष २० को सुरज पुर्वछाने मगर ।
४) जिल्ला तेह्रथुम आठराई गाउँपालिका वडा न.४ वस्ने वर्ष २१ को बासुदेव तामाङ ।
५) जिल्ला तेह्रथुम आठराई गाउँपालिका वडा न. ४ वस्ने वर्ष २१ को पबिन ईङनाम ।
६) जिल्ला ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका वडा न. १ घर भई हाल जिल्ला तेह्रथुम आठराई गाउँपालिका वडा न.४ बस्ने एनमान दियाली ।
७) जिल्ला ईलाम फाकफोकथुम-२ घर भई हाल जिल्ला तेह्रथुम आठराई गाउँपालिका वडा न.४ मा दुध डेरी संचालन गरी वस्ने वर्ष २७ को तारा बस्नेत ।
८) जिल्ला पाँचथर फालेलुङ गाउँपालिका वडा न.५ घर भई हाल फिदिम-१ स्थित ग्यारेज संचालन गर्ने बर्ष २८ को बिरेन्द्र राना ।