आरआर क्याम्पसमा एमाले निकट र नेकपा एस निकट विद्यार्थी संगठनबीच एकता

काठमाडौं । आरआर क्याम्पसमा एक कार्यक्रमका बीचमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र नेकपा (एमाले) निकटको अनेरास्ववियुको क्याम्पस कमिटीबीच एकता भएको छ।

बुधबार बिहान क्याम्पसको स्ववियु बैठक कक्षमा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको स्थायी कमिटी सदस्य सुशील खनालको नेतृत्वमा बहुमत कमिटी सहित नेकपा (एमाले) निकट अनेरास्ववियुको एकता भएको हो।

खनालसहित स्थायी कमिटी सदस्य, मनोज अधिकारी, स्थायी कमिटी सदस्य, विवेक गैह्रे, सहसचिव, इश्वर गौतम, सहसचिव ओसन गुरुङ, सहसचिव विशाल अधिकारी, सहसचिव आशिष अर्याल, सहसचिव जमुना न्युरे, महिला बिभाग प्रमुख लगायत बहुमत सदस्य एमाले निकटको अनेरास्ववियुमा प्रवेश गरेका हुन् ।