कन्दङ्वा समाज दक्षिण कोरियाद्वारा क्यान्सर पीडित अइन्द्रलाई आर्थिक सहयोग

तेह्रथुम, २८ फागुन । । दक्षिण कोरियामा कार्यरत चिन्तित कन्दङ्वा (झलक)को पहलामा क्यान्सर पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

मुखको क्यान्सरबाट ग्रसित भइ उपचाररत रहेका तेह्रथुम आठराई गाउँपालिका ६ हात्तिखर्कस्थित अइद्र कन्दङ्वा (देवारी साइँला)को उपचारका लागि चिन्तित कन्दङ्वाको पहलमा दुई लाख चार हजार ५०० नेपाली रुपैयाँ प्राप्त भएको हो ।

क्यान्सर पीडित अइन्द्रको हाल पूर्वाञ्चल क्यान्सर हस्पिटलमा विर्तामोडमा उपचार भइरहेको छ । उनले विगत लामो समयदेखि मुखको क्यान्सरको उपचार गराउँदै आएका छन् ।

पारिवारिक अवस्था सामान्य रहेका पीडितको उपचारमा सहयोग पुर्याउने उदेश्यले कन्दङ्वा समाज दक्षिण कोरियाको पहलमा उक्त रकम संकलन गरि पठाइएको चिन्तितले बताए ।

उक्त रकम आफूहरुलाई प्राप्त भएको अइन्द्रका छोरा बुद्धिमान कन्दङ्वाले बताएका छन् । उनले सहयोगी दाजुभाईहरुप्रति धन्यवाद व्यक्त गरेका छन् ।

सहयोगीहरुको नामावली यसप्रकार छ