तेह्रथुम बहुमुखी क्याम्पसमा काँग्रेस निकट विद्यार्थी युनियन नेविसंघको प्यानल विजयी, कस्ले कति म प्राप्त गरे ?

तेह्रथुम, ६ चैत । तेह्रथुम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा काँग्रेस निकट विद्यार्थी युनियन (नेविसं)को प्यानलै विजयी भएको छ ।

आइतबार भएको स्ववियु निर्वाचनमा तेह्रथुम बहुमुखी क्याम्पसमा सभापति ताराप्रसाद दाहालको प्यानल बिजयी भएको हो ।

दाहालले ७० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रयास भट्टराईले ५४ मत प्राप्त गरेका हुन् ।

त्यस्तै सचिवमा, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः टेकेन्द्र तिमल्सेना, सविना कन्दङ्वा, कमल खनाल , पूजा कन्दङ्वा र विनीता कन्दङ्वा विजयी भएका हुन् ।

कस्ले कति म प्राप्त गरे ?