तेह्रथुम, ६ पुष । कन्दङ्वा समाज दक्षिण कोरियाबाट चन्द्रबहादुर कन्दङ्वा (नामेन्दा कान्छा)को उपचारका लागि ठूलो आर्थिक सहयोग प्राप्त भएको छ ।
उनको उपचारका लागि कन्दङ्वा समाज दक्षिण कोरियाका पदाधिकारी तथा सदस्यहरुले संकलन गरेको १ लाख २२ हजार रुपैयाँ नेपाल पठाइदिएका हुन् ।
तेह्रथुम आठराई गाउपालिका वडा न, ६ साविक चुहानडाडा वडा न ९ निवासि कालि बहादुर कन्दङ्वाका छोरा ३१ वर्षका चन्द्रबहादुर लडेपछि गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
उनको उपचारका लागि धेरै रकम आवश्यक भएको छ । उक्त जानकारी पाएपछि दक्षिण कोरियामा कार्यरत कन्दङ्वा दाजुभाइहरुले आर्थिक संकलन गरि नेपाल पठाइदिएको समाजका अध्यक्ष किरन कन्दङ्वाले बताउनुभयो ।
केही समय अगाडी घरमै काम गर्ने शिलशिलामा लडेर मेरुदण्ड फूटनुको साथै उक्त घाउ अन्यत्र सरेको र आन्द्रा पनि फुटेको अवस्थामा उनको हाल बि एण्ड सी हास्पिटल बिर्तामोडमा उपचार भइरहेको छ ।
आर्थिक सहयोग रकम पठाउदै कन्दङ्वा समाज द. कोरियाले भनेको छ, ‘अस्पतालमा उपचार्थ रहेको र चन्द्रबहादुरको घरको आर्थिक अवस्था नाजुक भएकोले उपचारमा कठिनाइ भई परिवारबाट सहयोगको अपिल आएको हुनाले हामी कोरियाबासी कन्दङ्वा समाज द कोरियाका कार्य समिति लगायत कोरियाबासी दाजु-भाई चेलिहरुमा आफुखुशी सहयोग गरि निजको उपचार मा सहयोग पुर्याईदिनु भएकोमा सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गदछौ । साथै बिरामिको सिघ्र स्वाथ्य लाभको कामना गरदछौ।’
सहयोगीहरुको नामावली