राजनीतिक वृत्तमा आठराईको प्रभुत्व, केन्द्र र प्रदेश दुवैतिर मन्त्री !

तेह्रथुम, १७ चैत । राजनीतिक वृतमा पछिल्लो समय आठराईको प्रभाव बढ्दै गएको छ । हुनत विगतको इतिहासमा पनि आठराईलाई राजनीतिक क्षेत्रको उर्भर भूमिका रुपमा लिने गरिएको छ ।

फेरी पनि यसलाई पुष्टि गर्दै आठराईले राजनीतिक वृत्तमा आफ्नो प्रभुत्व कायम गर्ने भएको हो ।

विगतमा कम्युनिष्ट आन्दोलनका शीर्षस्थ नेताहरुको जन्म भएको आठराईले हालको मन्त्रिपरिषदमा पनि लोकतान्त्रिक आन्दोलनकी नेतृ सीता गुरुङले प्रतिनिधित्व गर्ने भएकी छन् ।

तेह्रथुम प्रदेश (ख) तर्फ अर्थात आठराईसहितको क्षेत्रबाट निर्वाचित माओवादीका सांसद दुर्गा प्रसाद चापागाईँ मन्त्रीमा नियुक्त भइसकेका छन् ।

तेह्रथुममा प्रदेशका लागि दुई क्षेत्रहरु छन् ।  प्रतिनिधिसभातर्फ एक मात्रै क्षेत्र रहेको तेह्रथुमबाट निर्वाचित दुवै सांसद मन्त्री हुने भएका हुन् ।

यो सँगै तेह्रथुम जिल्लाको एक पालिकाको रुपमा रहेको आठराईले केन्द्र र प्रदेश दुवैतर्फ प्रतिनिधित्व गर्ने सुवर्ण अवसर प्राप्त गर्ने भएको हो ।

प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसकी सांसद सीता गुरुङ आज हुने मन्त्रिपरिषद विस्तारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी सहित बहाल गर्दैछिन् ।

पार्टीले औपचारिक रुपमा उनी मन्त्री हुने घोषणा नभएपनि उनी मन्त्री हुने लगभग निश्चित छ । उनी काँग्रसबाट प्रत्यक्ष चुनाव जित्ने एक मात्रै महिला सांसद हुन् ।

संयोगत यसमा के छ मन्त्री बन्ने तयारीमा रहेकी सीता र प्रदेश मन्त्री चापागाईँ आठराईको पनि केही दुरी वर पर घर भएका नेताहरु हुन् ।

उनीहरु गत आम निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट सँगसँगै चुनावी मोर्चामा थिए । संयोगबस उनीहरु आज प्रदेश र केन्द्रको बन्दैछन् ।

जिल्लाका हरेक नागरिकको घरदैलोमा पुगरेर समृद्धि र विकासको सपना देखाएका उनीहरु अहिले मुख्य जिम्मेवारीमा पुगेका छन् ।

मन्त्री बनेपछि उनीहरुले जनताका सपना र चाहना अनुसारको विकासलाई ठोस उपलब्धिमा पुर्याउन सक्लान वा नसक्लान भन्नेमा अहिले भन्ने अवस्था भने छैन ।

जे होस आठराईबाट निर्वाचित प्रतिनिधिले सरकारको जिम्मेवार निकायमा स्थान भने पाएका छन् । नागरिकमाझ देखाएका विकास र समृद्धिको सपना साकार बनाउन सक्छन् वा सक्दैनन् उनीहरुको आजैबाट जाँच हुँनेछ । कार्यकुशलता, कार्यक्षमता र दक्षता प्रस्तुत गरेर जनताको जनप्रिय बन्न सक्ने वा नसक्ने उनीहरुकै कौशलतामा भर पर्नेछ ।

समाचार सामग्री : कृष्ण कन्दङ्वा