‘प्रथम हिमालयन कप फुटसल प्रतियोगिता’को उपाधि फारान एफसी ब्ल्युलाई

दक्षिण कोरिया । हिमालय फुटबल क्लव उल्सान दक्षिण कोरियाद्वारा आयोजित ‘प्रथम हिमालयन कप फुटसल प्रतियोगिता’ सम्पन्न भएको छ ।

स्वास्थ्यका लागि खेलकुद भन्ने उदेश्यका साथ हिमालयन फुटबल क्लवले उक्त फुटसल प्रतियोगिताको आयोजना गरेको थियो ।

सो प्रतियोगिता अप्रिल – २ मा सम्पन्न भएको हो । फारान एफसी रेडलाई पराजित गर्दै फारान एफसी ब्ल्यू प्रतियोगितामा विजेता बनेको छ ।

त्यस्तै खेल अवधिभरमा फारान एफसी ब्ल्यूका दावा डुक्पा सेर्पा उत्कृष्ट खेलाडी बने । त्यस्तैगरी फारान एफसी बिल्युकै किशोर योङ्हाङ उत्कृष्ट गोल किपर बने ।

त्यस्तै फारान एफसी रेडका आशिष परियार हाई स्कोरर बने । उनले खेल अवधिभरमा ११ गोल गरे । प्रतियोगिताको विजेता टिमले ३० लाख कोरियन वन प्राप्त गरेको छ ।

त्यस्तै दोस्रो हुने टिमले २० लाख वन प्राप्त गरे ।

उत्कृष्ट गोल किपर, उत्कृष्ट खेलाडी र हाई स्कोररले समान एक लाख वन प्राप्त गरेका छन् ।