पूर्वकै ऐतिहासिक आठराई मदनमेला बैशाख ७ देखि, फुटबलमा प्रथमलाई २ लाख पुरस्कार

  • सुमन आचार्य

तेह्रथुम, ०२ बैशाख । पूर्वकै ऐतिहासिक “आठराई मदनमेला” यो वर्ष बैशाख ७ गतेदेखि बैशाख १३ गतेसम्म लाग्ने भएको छ । विगतका वर्षहरुजस्तै यो वर्ष पनि सात दिन सम्म तेह्रथुमको आठराई संक्रान्तिबजारमा लाग्ने भएको हो ।

वि स २०१५ साल देखि संक्रान्तिबजारमा लाग्दै आएको मेलालाई स्थानीयहरुले विविधताको महोत्सवको रुपमा मनाउने गर्दछन् ।

पूवर्ककै पुरानो मेला यस वर्ष विभिन्न खेलकुद, साँस्कृतिक, साहित्यक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको साथ संचालन हुने गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए

मेलाको प्रमुख आकर्षणको रुपमा मदन मेमोरीयल पुरुष फुटबल, महिला फुटबल, ब्याडमिन्टन लगायतका खेलकुदका कार्यक्रमहरु रहने बताइएको छ ।

लिम्बू समुदायको लोप हुदै गएको संस्कृति झल्काउने “धान नाच” प्रतियोगीता पनि मेलाको मुख्य अकर्षणमा रहने गाउँपालिका अध्यक्ष पाहिमले बताए । १३ गते सम्म संचालन हुने मेलामा साँस्कृतिक तथा साहित्यक कार्यक्रम पनि संचालन हुनेछन् ।

मदन मेमोरियल पुरुष फुटबल खेलमा प्रथम हुने टिमले नगर २ लाख रुपैयाँ र दोस्रो हुने टिमले नगद १ लाख ३० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

महिला फुटबल खेलमा प्रथम हुने टिमले नगर ८० हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद ५ ० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ । भलिबल खेलमा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ ।

ब्याडमिन्टन डबल पुरुष (ए.मा) प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद १५ हजार रुपैयाँ, ब्याडमिन्टन डबल पुरुष (बि)मा प्रथम हुने टिमले नगद २० हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद १५ हजार रुपैयाँ, ब्याडमिन्टन (महिला) सिङ्गल मा प्रथम हुनेले नगद १५ हजार रुपैयाँ र दोस्रो हुनेले नगद १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

गैर लिम्बू पालामा ,हाक्पारे,ख्यालि गायन प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार द्वितीय हुनेले नगद १५ हजार तृतीय हुनेले नगद १० हजारमा वि स्तरीय हाजिरि जवाफ प्रतियोगिता प्रथम हुने विद्यालयले नगद २० हजार द्वितीय हुने विद्यालयले नगद १५ हजार तृतीय हुने विद्यालयले नगद १० हजार

लिम्बू जातीको पहिचान झल्काउने धान नाच प्रतियोगितामा प्रथम हुने समुहले १८ हजार रुपैयाँ, द्धितीय हुने समुहले १० हजार र तृतीय हुने समुहले ८ हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ ।

त्यस्तै खुल्ला नृत्यमा प्रथमले १५ हजार रुपैयाँ, द्धितीयले १० हजार रुपैयाँ र तृतीयले ५ हजार रुपैयाँ पाउने छन् भने कविता तर्फ प्रथमले ५ हजार रुपैयाँ, द्धितीयले ३ हजार रुपैयाँ र तृतीयले २ हजार रुपैयाँ पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

गैर लिम्बू पालाम, ख्याली तथा हाक्पारेमा प्रथमले १५ हजार रुपैयाँ, द्धितीयले १० हजार रुपैयाँ र तृतीयले ५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।

नयाँ वर्ष तथा अक्षतृतीयाको अवसरमा लाग्दै आएको मेलामा स्थानीय उत्पादनहरुको प्रर्दशनी र व्यापार हुने गर्दछ । पूर्वका विभिन्न जिल्लाबाट खेलकुदका कार्यक्रममा सहभागी हुने गर्दछन् ।

मेलामा आन्तरिक तथा बाह्य पर्यटकहरु आठराईमा फुल्ने विभिन्न प्रजातीका लालिगुराँस र संक्रान्तिबजारबाट देखिने विभिन्न हिमशृङखलाको दृश्यावोलकन गरि रमाउने गर्दछन् ।

संक्रान्तिबजारमा वि।स। २०१५ सालदेखि अक्षतृतीयाको अवसरमा लाग्दै आएको मदन मेला सशस्त्र हिं साका बेला संचलान हुन छाडेको थियो ।

संक्रान्तिबजारमा तत्कालीन रानी जगदम्बाले स्व. पति मदन शम्शेरको स्मृतिमा मदन ट्रष्ट खडा गरी मदन धारा, जगदम्बा दातब्य औषधालय, अतिथि भवन र रानी चौतारा निर्माण सँगै मदन मेला संचालन भएको बताइएको छ ।

मदन ट्रष्टका संरक्षक दिक्षितको पहलमा पुनः नयाँ वर्षको अवसर पारेर २०६८ साल देखि मेलालाई निरन्तरता दिइएको थियो ।

क्रान्तिबजारमै रहेको अतिथि भवन माओवादीले सशस्त्र हिंसाका बेला ध्वस्त पारेका थिए । द्वन्द्व कालदेखिनै बन्द भएको औषधालय अहिले सम्म संचलानमा आउन सकेको छैन् ।

मदन मेला पुनस्थापित भएर मदन ट्रष्टको सहयोगमा स्थानीयको अगुवाईमा मेला संचलान हुदै आएको छ ।