अर्जुन सापकोटाको नयाँ गीत ‘बम्मै जानी रेलैमा’ सार्वजनिक

काठमाडौं, १० बैशाख । । युवा लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘बम्मै जानी रेलैमा’ सार्वजनिक भएको छ । ​

टिकटकमा एक किसिमको चर्चा पाएसंगै बिहीवार बेलुका यसको अफिसियल भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । यो लोकदोहोरी गीतमा गायक अर्जुन र गायिका शान्तिश्री परियारको स्वर छ ।

यस गीतको शब्द गीतकार शिव हमालले रचेका हुन् । गायक अर्जुनकै संगीत रहेको गीतका एरेन्जर सुनिल परियार छन् ।

गीतले छोटो समयमा स्रोता÷दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।