तेह्रथुम, १३ बैशाख । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बैशाख १५ गते तेह्रथुमको आठराई आउने भएका छन् ।
आफ्नो जन्म गाउँसमेत रहेको तेह्रथुम जिल्लाको आठराई गाउँपालिका इवामा आफ्नै पहलमा सिटिइभिटीले निर्माण गरेको टेक्निकल कलेजको उद्घाटन गर्न आउने भएका हुन् ।
उक्त कार्यक्रमम उनले आफ्ना बाल्यकालका साथीहरुसँग भेटघाट र पुनर्मिलनको कार्यक्रम समेत गर्ने जनाइएको छ ।
जसका लागि उनी बैशाख १३ गते अर्थात आजै काठमाडौंबाट झापातर्फ उडेका छन् ।
उनी झापाका विभिन्न कार्यक्रम सकेर भोलि पाँचथरको सदरमुकाम फिदिम बस्नेछन् । र, १५ गतेको कार्यक्रम आठराईमा सकेर पुन बेलुका फिदिममै बस्न फर्किने कार्यक्रम रहेको छ ।
१६ गते बिहान फिदिममा बसेर उनी कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसछि उनी पुन झापा झर्नेछन् ।
ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि आठराई आउने छन् ।