काठमाडौं, २३ बैशाख । आज अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को नतिजा प्रकाशन हुँदैछ ।
सन २०२३ का लागि खुलाइएको आवेदनको नतिजा आज आउने भएको हो । डीभीको नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ ।
नेपाली समय अनुसार आज साँझ ९स्४५ बजे नतिजा हेर्न सकिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ ।
डीभी परेको जानकारी इमेलमा नआउने भएकाले कतिपयले इमेल गरि तपाईँलाई डीभी परेको भनेर ठगी गर्ने भएकाले त्यस्तोमा विश्वास नगर्न नेपालस्थित अमेरिकी दूतावासले सचेत गराएको छ ।
(https://dvprogram.state.gov/) वा यहाँ क्लिक गरेर दिइएको निर्देशन अनुसार नतिजा हेर्न सक्नुहुनेछ । ।