तेह्रथुम, ५ जेठ । तेह्रथुम जिल्लाका ६ वटै स्थानीय निकायमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत फुसका छाना हटाउन थप ७ करोड ५० लाख बराबरको रकम उपलब्ध हुने भएको छ ।
शहरी विकास मन्त्री सीता गुरुङको पहलमा उक्त रकम उपलब्ध हुने भएको हो ।
तेह्रथुमका विभिन्न पालिकाका लागि सुरक्षित आवासका निर्माणको कार्यक्रम थप गर्ने निर्णय भइसकेको शहरी विकास मन्त्रालयले जनाएको छ । सो निर्णय कार्यान्वयनका लागि जिल्लाका सबै पलिकालाई बैठकमा निमन्त्रणा गरिएको छ ।
निर्णय भएको जानकारीसहित बैठकको निमन्त्रणापत्र
Facebook Notice for EU!
You need to login to view and post FB Comments!