काठमाडौं, २० जेठ । राष्ट्रिय जनगणना २०७८ को जातिगत विवरण सार्वजनिक भएको छ ।
शुक्रबार सार्वजनिक भएको तथ्याङ्क अनुसार याक्थुङ लिम्बूहरुको जनसंख्या नेपालमा ४ लाख १४ हजार ७०४ रहेको पाइएको छ ।
याक्थुङ लिम्बूहरुको यो जनसंख्या नेपालको कुल जनसंख्याको १.४२ प्रतिशत भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
नेपालको जातिगत जनसंख्याको तथ्याङ्कका आधारमा याक्थुङ लिम्बू जति १६औँ स्थानमा परेको छ ।
२०६८ सालको जनगणना भन्दा यो पटकको जनणनामा याक्थुङ लिम्बूहरुको जनसंख्या २७ हजार भन्दा धेरै बढेको छ । जबकी २०६८ को जनगाणनामा याक्थुङ लिम्बूहरुको जनसंख्या ३ लाख ८७ हजार ३०० थियो । जसलाई तत्कालीन नेपालको कुल जनसंख्याको १.६१ प्रतिशत माथिएको थियो ।
त्यस्तै नेपालको जनसंख्या वृद्धिदर हुने जातिको संख्यामा भने याक्थुङ लिम्बू २ स्थान तल झरेको छ । अघिल्लो जनगणनामा याक्थुङ लिम्बू नेपालको १४ औँ धेरै जनसंख्या भएको जतिभित्र थियो । यो पटक भने यो जाति १६औँ स्थानमा झरेको हो ।
२०७८ को तथ्याङ्क हेनुहोस्
२०६८ सालको ‘टप’ १५ जनसंख्या भएका जातिहरु