- नन्द कन्दङवा
चेतना
जनसमुदायमा चेतना सधै एउटै रहिरहदैन । विश्वमा आएको परिवर्तनसंगै जनसमुुदायमा चेतनाको बिकास भईरहेको हुन्छ । शासकहरु जनतामा रहेको हिजोको चेतनाको आधारमा शासन गर्न खोज्छन । जनताले तेस्को बिरोध गर्छन र शासकहरु उक्त बिरोधलाई दमन गरेर ठिक लाउन खोज्छन । तेही गलत गर्छन । त्यहि गल्तीका कारण उनीहरुलाई जनताले सजाय गर्छन ।
उपनिवेशकारी नीति र मानसिक्ता
उपनिवेशलाई कायम राख्न र सुदृढ गर्न उपनिवेशकारी शासकहरुले विभिन्न उपाय गर्छन । भारतमा सन् १९४७ मा बृट्रिस उपनिवेशकारीबाट भारत स्वतन्त्र भयो तर भारतिय जनता फेरी स्वदेशी उपनिवेशकारीको चंगुलमा पर्यो । यतिखेर भारतमा एउटा समुह हिन्दुस्तान र हिन्दुत्वको बिचारबाट अन्य राष्ट्र तथा संस्कृतिहरुमाथी उपनिवेश कायम गर्ने कार्यमा जोडतोडले लागेको छ ।
यस कामको लागी आरएसएस (RSS) भित्री र सुक्ष्मरुपमा काम गरिरहेको छ भने बिजेपी दल र बिजेपी सरकार आरएसएसको बिचार तथा कामलाई कार्यान्वयन गरिरहेको छ । यसको लागी आरएसएसले राज्यसत्तालाई भरपुर प्रयोग गरिरहेको छ । नत्र द्धण्द्ध हुने सम्बेदनशिल बिषयमा उच्च अदालत तथा सर्बोच्च अदालतहरुले सामान्यतया निर्णय गर्दैनन । तर मणीपुर उच्च अदालत र काश्मीर लगायतका केशहरुमा सर्बोच्च अदालतले द्धन्द्ध गराउने निर्णयहरु गरेका छन ।
यो सबै आरएसएसको खेल थियो जसरी नेपालमा पहिलो संविधान सभालाई तत्कालिन प्रधान न्यायधिस खिलराज रेग्मीले संविधान सभा विघटन हुने तिथीमिति तोकिदिए । भारतमा आफ्नो प्रतिकुल हुने राज्यहरुमा आरएसएसको जत्थाले समुदाय समुदाय बीच झगडा र द्धन्द्ध गराउने काम गरिरहेको छ ।
पछिल्लो घट्ना मणीपुर राज्यमा ट्राईबल र गैरट्राईबल बीच हिंसा गराएर उपनिवेशमा बाचेका सामुदायिक शक्तिहरुलाई सिध्याउने षडयन्त्रका कारण त्यहा मइते र कुकी समुदाय बीच जातिय हिंसा भड्काएको छ । विश्वभर नै उपनिवेशमा बाचिरहेका जनसमुदायलाई विभाजन गर्ने र शासन गर्ने उपनिवेशकारीहरुको नीति र मानसिक्ता रहिआएको छ ।
उपनिवेशकारी राज्यसत्ताद्धारा हिंसा
उपनिवेशकारी राज्य र राज्य सत्ताले आफ्नो बिरुद्धमा मुक्तिको लागी लडाई लडनेहरु बिरुद्ध हिंसात्मक कदम चाल्नु र दमन गर्नु उपनिवेशकारीहरुको सामान्य नीति नै हो ।
विश्वमा उपनिवेशकारीहरुले यहि काम गरिआएका छन । उदाहरणको लागी भारतको मणीपुरमा आरएसएसले हिन्दु मतेईलाई बर्षौ लगाएर क्रिश्चीयन कुकी समुदायको बिरुद्धमा भडकाउने काम गर्यो ।
यस्तो कार्य आरएसएसले हिन्दु उपनिवेश कायम गर्न भारतका विभिन्न राज्यहरुमा काम गरिरहेको छ । मणीपुरको ईतिहासमा हिन्दु धर्म ईस्वीको १५ शताव्दीमा पुगेको हो । हिन्दु धर्म पुगे पछि पोहेल्बा राजाको समयमा काङलाईपाक (मणीपुरको पुरानो नाम) लाई परिवर्तन गरेर मणीपुर बनाईयो ।
सन १९६२ देखि सन २०११ सम्ममा मणीपुरमा हिन्दुको संख्या ६२% बाट घटेर ४१% भयो भने क्रिश्चीयनहरुको संख्या १९% बाट बढेर ४१% भयो । भारतिय हिन्दुत्वको रक्षा गर्न जुटेको उपनिवेशकारी आरएसएसलाई यसले चिन्ता बढायो र आफ्नो कामलाई मणीपुरका कथित हिन्दु समुदाय मईतेईमा केन्द्रित गर्यो ।
वास्तवमा मईतेईहरु पनि पहिले हिन्दु थिएनन पछी भएका हुन । यही कारणले दुई समुदायलाई लडाएर हिन्दु उपनिवेशवादीहरुले फाईदा लिन खोज्दा मणीपुरमा हिंसा भड्केको हो ।
भारतमा आरएसएसले काम गरे जस्तै नेपालमा उपनिवेशकारी बर्णश्रमवादी ब्राह्मणवादीहरुले काम गरिरहेका छन । भारत र नेपालमा यस मामिलामा के फरक छ भने भारतमा बिजेपी शासन सत्तामा आउदा आरएसएसले राज्यसत्ताको भरपुर प्रयोग गर्छ भने नेपालमा उपनिवेशकारी ब्राह्मणवादी जत्थाले जुनसुकै दलहरुको शासन सत्ता र सरकार भए पनि उपनिवेश कायम गर्ने कुरालाई निरन्तर अघि बढाई नै रहेको पाईन्छ ।
कोशी नामको रहस्य
यहि उपनिवेशलाई कायम गर्ने सोच र योजनाका कारण नेपालका उपनिवेशकारी ब्राह्मणवादी शासकहरुले प्रदेश नं. १ को नाम कोशी राख्न पुगे र त्यसको बिरोध गर्नेहरुलाई गोली हान्ने, दमन गर्ने, पक्रिएर थुन्ने र झुटा आरोप लगाएर बन्दी बनाउने जस्ता कामहरु गरिरहेको छ । यति मात्र होईन उपनिवेशकारी जत्थाको बिचारबाट सन्चालित राज्य प्रशासनले कोशी नाम बिरुद्ध आन्दोलन गरिरहेकाहरुलाई हर क्षेत्रमा विभिन्न खाले हिंसा गरिरहेको छ । आन्दोलनलाई सहयोग पुर्याृउन खोलीएको बैंक खाता पनि राज्य प्रशासनले रोक्का गरेको छ ।
राज्यको हिंसा बिरुद्ध प्रतिहिंसा
विश्मा के देखिएको छ भने राज्यको हिंसा बिरुद्ध जनताको तहबाट प्रतिहिंसा भएको छ । जनताको तहबाट हुने प्रतिहिंसालाई राज्यले नियन्त्रण गर्न सक्दैन भन्ने कुरा विश्वका धेरै देशहरुमा देखिएको छ ।
तेस्तो अवस्गामा जनताले को के हो भनेर हेर्दैन छुट्याउदैन । जनताले राज्य तथा राज्य सत्ताका प्रतिनिधी र पक्षधरहरुको खोजी खोजी तिनीहरुलाई सजाय गरेको देखिन्छ ।
यस्तो घट्ना नजिकै छिमेकी देश भारतको मणीपुरमा ५० औ दिनदेखि भड्किएको हिंसा प्रतिहिंसामा दुई समुदायहरुका हजारौ घरहरु परस्परमा जलाउने काम र एकले अर्कोलाई मार्ने काम मात्र भईरहेको छैन त्यहा सरकारका मन्त्रिहरु, सांसदहरु र मुख्य दलका नेता तथा प्रतिनिधीहरुका घरहरु पनि जलेर खाक भएका छन ।
भारतमै ईन्दीरा गान्धीले पन्जाबमा भएको शिखहरुको बिद्रोहलाई दमन गरेको बद्लामा ईन्दीरा गान्धीलाई शिख बडीगार्डले गोली हानेर मार्दा दिल्लीका शिखहरुमाथी आक्रमण र ज्याजति भएको पनि ईतिहास छ । श्रीलंकामा देशलाई टाट पल्टाउने नेताहरुलाई जनताले सडकमा ल्याएर सजाय दिएको पनि देखिएको छ ।
बेलैमा नसोच्ने हो भने प्रदेश नंं १ मा कोशी नाम बिरुद्धको आन्दोलनमाथी यतिखेर भएको राज्य तथा सरकारको वेवास्ता, आन्दोलनकारीहरुमाथी अनुहार हेरेर गरिएको दमन तथा हिंसाले ८२ सांसद, आन्दोलनकारीमाथी बिष बमन गर्ने नेताहरु र सरकारका मन्त्रिहरुका घरहरु नजलुन, तिनीहरुमाथी शाररिक आक्रमण नहोस, राज्यले चलाएको हिंसाको बिरुद्ध प्रति हिंसा नहोस, बन्दुकहरु नपड्किउन, मानिसहरु बिस्थापन भएर शरणार्थी नहुन र प्रदेश १ मा शान्ति र सुव्यवस्था होस भनेर कामना गर्नु देखि बाहेक हामीसंग अर्को बिकल्प रहदैन ।
निचोड
कोशी नाम बिरुद्धको आन्दोलनलाई बेलैमा सम्बोधन नभए यसले देश भरिनै डडेलो लगाउछ । यसको सम्बोधन पनि सजिलो र सहज छ त्यो भनेको कोशी नाम खारेज गर्ने र पुननामान्कन गर्ने हो ।
यसो गर्न फेरी अफ्ठ्यारो पनि छैन । सबै सभासद मिलेर उक्त नामलाई सच्याए पुगिहाल्छ । कोशी नाम खारेज गरेर पुननामान्कनमा गए यो बिपत्ती रोकिन्छ ।
हामीसंग सेना छ, पुलिस छ, राज्य शासन प्रशासनका संरचना र संयन्त्रहरु छन भनेर राज्य शासकहरुले घमण्ड गरे त्यो नै देशमा आउने विपत्तीको कारण बन्न सक्छ । बेलैमा बुद्धि पुगोस ।