तेह्रथुम, १८ असार । इलाका प्रहरी कार्यालय आठराई तेह्रथुमले रातिको समयमा अवैध रुपमा जुवा तास खेलिरहेको अवस्थामा ठूलो रकमसहित ७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार गएराति १२ बजेतिर संक्रान्तिबजारस्थित टाँसी लामाको घरमा हारमारको उदेश्य राखी अवैध रुपमा जुवा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्तिहरुबाट भारतीय नोटहरुसहित नेरु २ लाख ९३ हजार ५०६ रुपैँया नगदसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारले जनाएको छ ।
त्यस्तै भारु ८ हजार बरामद गरिएको हो ।
त्यस्तैगरी उनीहरुको साथबाट नेपाल बैंकको चेक एक थान र विभिन्न कम्पनीका १० थान मोवाइल र ४४७ थान ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
अवैध रुपमा तास तथा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।