- नन्द कन्दङवा
यतिबेला छिमेकी भारतको मणीपुरमा भईरहेको हिंसा र नेपालको पुर्वी भागमा भईरहेको आन्दोलनले पहिचान, स्वशासन, स्वायत्तता र अलग शासन प्रशाशनबारे चासो र बहस हुन थालेको छ । भारतको मणीपुरमा कुकी आदिवासीहरुले मे ३, २०२३ को हिंसात्मक आन्दोलन पछी मणीपुरबाट अलग शासन प्रशासन (Separate administration) को कुरा उठाएका छन ।
मे ३ देखी भएको हिंसात्मक आन्दोलन अहिलेसम्म रोकिएको छैन । मईतेईहरु अहिले पहाडी भाग र पहाडी उपत्यकाबाट बिस्थापपन भएर ईम्फाल उपत्यका आएका छन भने कुकी आदिवासीहरु ईम्फाल उपन्यका छोडेर पहाडी भाग तथा उपत्यकामा बिस्थापित भईसकेका छन । यति मात्र होईन बिजेपी कुकी एमएलए ईम्फालबाट बिस्थापीत भएका छन भने कुकी सरकारी कर्मचारी तथा पुलिसहरु ईम्फालबाट बिस्थापित भएका छन भने मैतेई सरकारी कर्मचारी तथा पुलिसहरु पहाडी कुकी क्षेत्रबाट ईम्फालमा बिस्थापित भएका छन ।
मैतेई र कुकी यसरी बिभाजित भएका छन कि शुरुमा सरकारको हतियार गोदामबाट ईम्फालमा मैतेई सुरक्षाकर्मीले गोदामको साचो खोलेर मैतेई हुललाई हतियार लैजान (लुट्न) दिए कुकी क्षेत्रमा पनि कुकी सुरक्षाकर्मीले त्यसै गरे ।
मानव बिस्थापन पछी अब त्यहा कुकी र मईतेहीहरु बीच भौगोलिकरुपमा मात्र होईन मानव बसोबासले पनि विभाजन भएको छ । त्यसैले, कुकीहरुले अहिले अलग शासन प्रशासन (Separate administration) मात्र नभएर पुर्ण अलग (Complete separation) र अलग राज्य (Separate state) को कुरा उठाएका छन भने मईतेईहरु मणीपुर विभाजनको खिलापमा उत्रिएका छन । त्यहा यसको पक्ष र विपक्षमा काम गर्ने बल्गे्रल्ती लडाकु (Militant force) तथा हतियारधारी समुहहरु(Armed forces) रहेका छन ।
नेपालको पुर्वी भाग प्रदेश नंं १ मा भएको उपनिवेशी नाम कोशी बिरुद्धको आन्दोलन कोशी नाम खारेजीसंगै स्वशासन र स्वायत्तताको कुरा पनि उठ्न लागिरहेको छ । यो आन्दोलन हिसात्मक आन्दोलन नभएर शान्तिपुर्णरुपमा भईरहेको छ । यहा लडाकु तथा हतियारधारी समुह (Militant and armed forces) रहेका छैनन ।
त्यति मात्र होईन यो आन्दोलन अहिलेको संविधानको घेरा भित्र नै भईरहेको छ । यो सम्बैधानिक घेरा भित्रकै उपनिवेशकारी कोशी नाम खारेजी तथा पुननामान्कन र स्वाशासन एवम् स्वायत्तताको कुरा उठिरहेको छ । यसमा उपनिवेशकारी कोशी नाम खारेजी तथा पुननामान्कन गर्ने अधिकार प्रदेश सभामा रहेको छ भने स्वशासन र स्वायत्तताको सवाल संघिय संसदसंग सम्बन्धित छ ।
समस्याको जड
सबै ठाउमा यस्तो समस्या उपनिवेशीकरण र शासन सत्तामा उपनिवेशकारी या एक थरीहरुको बर्चस्पका कारणले हुन्छ भन्ने स्पष्ट भएको छ ।
उपनिवेशकरण तथा उपनिवेशलाई हटाए मात्र यि समस्याको समाधान हुन्छ । उपनिवेश या उपनिवेशीकरण तथा उपनिवेशकारीहरुलाई २ उपायले हटाउृन सकिन्छ । पहिलो हो, उपनिवेशकारीहरुलाई खेदाएर हटाउन सकिन्छ जो भारत लगायत विभिन्न देशमा भएको थियो ।
दोस्रो हो, उपनिवशेकारी शासन व्यवस्था, शासन सत्ता र शासन संरचनालाई बदलेर सबैलाई समानता, न्याय, अविभेद गर्ने शासन व्यवस्था, शासन सत्ता र शासन संरचना निर्माण गरेर उपनिवेशिक बर्चस्पलाई हटाउन सकिन्छ ।
अहिलेको बिकल्प भनेको दोस्रो उपाय हो । पहिलो उपाय चाही उपनिवेशकारी शासकहरुले राज्य सत्ताको बलमा जनतालाई दवाउन या दमन गर्न थाले भने उक्त उपायमा जान बाध्यता हुन्छ ।
पहिचान, स्वासन र स्वायत्तता jfoQtf (Identity, self-rule and autonomy) को कुरा
पहिचान भनेको प्रत्येक राष्ट्र, समुदाय, ईतिहास तथा सभ्यतालाई चिनाउने नाम पहिचानदेखि तिनको भाषा, संस्कृति, रिती थिति, जीवन पद्धति, सामाजिक–सांस्कृतिक–आर्थिक तथा राजनीतिक मुल्य मान्यताका साथै प्रणालीको संरक्षण, सम्बर्धन र प्रवर्दन हो । यसको अर्थ पहिचान भनेको सभ्यता र ईतिहास पनि हो ।
सारमा पहिचान भनेको पहिचानको नामदेखि जनसमुदायको अस्तित्व रक्षा, संरक्षण सम्बर्धनसंगै स्वशासन र स्वायत्ततालाई जीवन्तता दिने कुरा हो । यो राष्ट्र तथा राष्ट्रियता पहिचानको कुरा हो । पानीमा रगत हाल्यो भने पानीको अस्तित्व बद्लिन्छ ।
त्यसैगरि पानीलाई उमालिरह्यो भने त्यसको अस्तित्व समाप्त भएर बाफ बन्छ । त्यसरी नै कुनै पनि सजिव या निर्जिव बस्तुले आफुलाई चिन्ने या पहिचान दिने फरक बस्तुहरु सिद्धिए त्यो बस्तुको अस्तित्व समाप्त हुन्छ या त्यो अर्कोमा बिलय हुन्छ ।
यस्तो अवस्थामा त्यो तेही बस्तु हो भनेर हेर्न या छुट्याउन सकिन्न । यसकारण पहिचान नै अस्तित्व हो भने अस्तित्वले फरक पहिचान माग्छ । यति मात्र होईन यसले अहिलेको भन्दा फरक शासन व्यवस्था, शासन सत्ता, शासन संरचनाको माग गर्दछ ।
स्वशासन भनेको समुदाय होस या राजनीतिक ईकाई या राज्य होस आफैले आफुलाई शासन गर्ने हो । यो कानूनद्धारा निर्धारित हुन्छ । यो राजनीतिक कुरा भन्दा पनि बढी कानूनी कुरा हो ।
यत्तता भनेको एक शव्दमा अहस्तक्षेप हो र अहस्तक्षेपका साथ स्वशासन हो । यो कानूनी कुरा भन्दा बढी राजनीतिक कुरा हो । स्वायत्तताका धेरै मोडलहरु छन । संघियता भनेको विभिन्न अस्तित्वहरु बीचको शक्ति साझेदारी (Power sharing) हो ।
त्यसैले, स्वायत्ततता संघियतासंग जोडिएको बिषय हो । स्वायत्तताको एउटा मोडल एक देश दुई प्रणाली पनि हुन्छ जुन चिन र हङकङ बीच रहेको छ । स्वायत्तताको मोडल एक देश या राज्य बहु प्रणाली पनि हुन्छ । शासनमा स्वायत्तता एउटा मोडल हो भने संस्कृतिमा स्वायत्तता अर्थात सांस्कृतिक स्वायत्तता अर्को मोडल हो ।
पहिचान, स्वशासन र स्वायत्तता परस्परमा अभिन्नरुपमाले जोडिएका बिषयहरु हुन । यिनीहरु मध्ये एकलाई हटाए बाकी अरु अधुरो रहन्छ । पहिचान, स्वशासन र स्वायत्तताले आत्मनिर्णयको अधिकारको सिद्धान्तलाई अंिगकार गर्दछ । यसको अर्थ पहिचानमा आत्मनिर्णय, कस्तो शासन भन्नेमा आत्मनिर्णय र कस्तो स्वायत्ततामा आत्मनिर्णयको अधिकार भन्ने हुन्छ । आत्मनिर्णयको अधिकार यि बिषयहरुमा यस्तो कडी हो जस्ले सम्बन्धित पक्षको स्वतन्त्रतालाई अभिव्यक्त गर्दछ ।
अलग शासन प्रशासन (Separate administration) को कुरा
मणीपुरमा यतिखेर अलग शासन प्रशासनको कुरा उठीरहेको छ । हुन त त्यहा यो भन्दा अघि बढेर पुर्ण अलग ९ऋयmउभितभ कभउबचबतष्यल० अर्थात मणीपुर राज्यको बिभाजनमा पुगिसकेको छ ।
अलग शासन प्रशासनको कुरा मणीपुर राज्य भित्रै कुकी आदिवासीको अलग शासन प्रशासन हो । यो भनेको एक राज्य दुई प्रशासनको अवधारणा हो । जब कि पुर्ण अलग भनेको एक देश बहु राज्य प्रणाली भित्रको अवधारणा हो ।
यसमा मणीपुर छुट्टै राज्य र कुकी ल्याण्ड छुट्टै राज्य जो भारतिय युनियनको सदस्य राज्य हुन्छन । यस्तै तर यो भन्दा बढी नागा लिम या नागाहरुको सार्वभौम राज्य र भारतिय राज्य भन्ने एक देश दुई या बहु सार्वभौम राज्यको अवधारणा पनि आएको छ ।
यो खासगरि नेशनल सोसिलिष्ट काउन्सील अफ नागालैण्ड (NSCN)र भारतिय युनियन सरकार बीचको ३ अगष्ट २०१५ मा भएको सम्झौताले यस अवधारणालार्इृ समातेको हो कि भन्ने देखिन्छ । यो भनेको दुई सार्वभौम राज्य एक देश (One country two parallel sovereign states) को अवधारणा हो ।
एउटै देश तर समान हैसियतमा दुई राज्यहरु नागालिम र भारतिय यूनियन भन्ने अर्थ हुन्छ । नेपालको सन्दर्भमा यस्तो कुरा प्रदेश भित्र खास क्षेत्रलाई अलग शासन प्रशासन हुन सक्छ भनेर व्याख्या गर्न सकिन्छ । उदाहरणको लागी प्रदेश नं १ पुननामान्कन हुदा किरात लिम्बुवान प्रदेश भए पनि विभिन्न स्वाशासित स्वायत्त तथा संरक्षित क्षेत्र बनाउन सकिन्छ ।
त्यहा लिम्बु आदिवासीलाई ध्यानमा राखेर लिम्बुवान÷लिम्बु क्षेत्र र किरात राईलाई ध्यानमा राखेर किरात खम्बुवान क्षेत्र, शेर्पा आदिवासीलाई ध्यानमा राखेर शेर्पालुङ क्षेत्र, कोच राजबंशीहरुलाई ध्यानमा राखेर कोचिला क्षेत्र, अनि धिमाल क्षेत्र, सन्थाल क्षेत्र, याख्खा क्षेत्र … लगायत भए त्यो एक राज्य या एक प्रदेश बहु स्वायत्त तथा स्वशासित क्षेत्र भन्ने अवधारणामा जान्छ ।
यस्तो सम्भव नै नहुने कुरा होईन । नेपालको संविधान २०७२ को धारा ५६ को उपधारा ५ कै व्यवस्था अन्तर्गत पनि यस्तो व्यवस्था गर्न मिल्छ । तर जसलाई यस्तो स्वशासित स्वायत्त क्षेत्र चाहिएको हो तिनीहरु भने यो कुरा उठाईरहेका छैनन देखिन्दैन ।
यसको मतलव तिनीहरु यस सवालमा सकृय देखिन्दैनन । अहिले उठाईएको सवाल भनेको २ टेयरको एक देश बहुल राज्य शासन प्रणालीको कुरा हो । यसको अर्थ एक प्रदेश÷राज्य बहु स्वायत्त तथा स्वशासित क्षेत्रको अवधारणा बेठिक हो भन्ने होईन । यो भनेको ३ टेयरको राज्य संरचनाको कुरा हो ।
सुनिश्चित गर्ने उपाय
एउटा प्रशिद्ध रणनीतिक भनाई छ ‘एक कदम अघि दुई कदम पछी (One step forward two steps back)र दुई कदम अघि एक कदम पछी (Two steps forward one step back) परिस्थिती अनुसार अबलम्ब गरिनु पर्छ ।
धेरै टाडा जानु छ भने त्यहा पुग्न बास बस्तै जानु पर्छ । ५ फिट उचाईको हाईजम्प नाध्न २ फिट, ३ फिट, ४ फिट नाध्दै जानु पर्छ । कोशी नाम खारेज र पुननामान्कन, स्वाशसन र स्वायत्तता अनि राज्य र देश प्राप्त गर्ने कुरा पनि त्यस्तै हो ।
ताकत भए एकै चोटी राज्य र देशको कुरा गर्दा हुन्छ । हैन भने माथीको रणनीतिक भनाईलाई आत्मसात गर्नु पर्छ । माथी उल्लेख गरिएको मध्ये कुनै पनि कुरा मागेर र सामान्य आन्दोलन गरेर प्राप्त हुदैन ।
उपनिवेशकारी शासक र सत्ता यति कठोर र थेत्तर हुन्छ त्यसको लागी बलिदानीपुर्ण लडाईको आवश्यक्ता पर्छ । त्यो जनताको बिद्रोह र बलिदानीपुर्ण लडाईबाट मात्र प्राप्त हुन्छ ।
यसको लागी सबै उपायहरु अपनाउन पनि तयार रहनु पर्छ । एउटा कुरा के बुझौ भने घर भए ढुक्कसाथ बस्न सकिन्छ, विकास गर्न सकिन्छ, कस्तो प्रणाली बनाउने हो छलफल र बहस गर्न सकिन्छ, पारिवारीक व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर चिन्तन मनन गर्न सकिन्छ, आफ्नो अस्तित्व र पहिचानलाई सबल र सुदृढ बनाउन सकिन्छ, घरको बलमा बिदेश तथा अन्तर्राट्रिय क्षेत्रमा झण्डा फहराउन सकिन्छ ।
घर भएन भने चारैतिर डुलि हिड्नु पर्ने हुन्छ, अर्काको दया, अनुनय विनय र अनुकम्पामा बाच्नु पर्छ, बस्ने भूमी खोजी हिड्नु पर्ने हुन्छ र आफ्ना अधिकार तथा आवश्यक्ताको लागी सधै संघर्ष गरिरहनु पर्छ ।
घर भनेको भौगोलिक भूमी हो, स्वायत्तता हो, स्वशासन हो, पहिचान हो र अस्तित्व हो । विश्वभर भूमीकै लागी युद्ध भईरहेको छ । हामी हाम्रै भूमीको लागी अर्कोलाई मालिक नठानौ । हामी हाम्रो आफ्नै भूमीलाई नियन्त्रणमा लिऔ, सम्भालौ, संरक्षण गरौ र सुन्दर बनावौ । हाम्रा भावी सन्ततिहरुको भविष्यलाई सुनिश्चित गरौ ।