शारदा मावि चुहानडाँडाका पूर्वप्रअ आरसी थपलियाको निधन

तेह्रथुम, १० साउन । नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य रामचन्द्र थपालिया (आरसी सर)को निधन भएको छ।

स्वास्थय अवस्था खराब भएपछि केही दिन देखि काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत उनको गएराति १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
कम्युनिष्ट पार्टीमा लामो समय आबद्ध रहेका थपलिया पूर्व शिक्षक पनि हुन् ।

तेह्रथुम आठाराई गाउँपालिका – ६ स्थित श्री शारदा माविमा लामो समय प्रध्यापन गरि पछिल्लो समय ‘रिटायर्ड’ प्रअ थिए । उनी गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेद्वार समेत बनेको थिए । तर उनी पराजित भएका थिए ।

तेह्रथुमको शैक्षिक क्षेत्रउमा उनको लामो लगाब र योगदान रहेको थियो । उनको निधनले आठराई बासीका साथै समग्र जिल्लाबासी शोकाकुल भएका छन् । उनको परिवार पछिल्लो समय झापा बस्दै आएको थियो ।

उनको अत्येष्टिका लागि शव आजै झापाको सुरुङगा ल्याइने पारिवारिक श्रोतले जनाएको छ ।