सुनिल कन्दङ्वा एनआरएनए दक्षिण कोरियाको उपाध्यक्षमा निर्वाचित

दक्षिण कोरिया । तेह्रथुम आठराईमा जन्मिएका सुनिल कन्दङ्वा गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
जुलाई ३० अर्थात आईतबार सम्पन्न ९औँ महाधिवेशनबाट कन्दङ्वा (एनआरएनए) उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

सन २०२३–२५ सम्मको नयाँ कार्यसमितिका लागि एनआरएन दक्षिण कोरियाको निर्वाचन भएको थियो ।

एनआरएनएको विधानमा ३ उपाध्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ । जसमा ७ जनाको उम्मेदवारी परेको थियो ।

त्यसमध्ये कन्दङ्वा १ हजार ९८ मत प्राप्त गर्दै उपाध्यक्षमा विजयी भएका हुन् । त्यस्तै महिला उपाध्यक्षमा आरती हेल्मो र हरि भट्टराई पनि निर्वाचित भएका छन् ।

तेह्रथुमको आठराईमा जन्मिएपनि झापा विर्तामोडमा हुर्किएका कन्दङ्वा करिब ११ वर्षदेखि दक्षिण कोरियामा कार्यरत छन् ।

सानै देखि पढाइमासमेत अब्बल रहेका उनी समाज सेवामा पनि चासो राख्छन् । उनी दक्षिण कोरियामा रहेर त्यहाँको नेपालीहरुको सेवा गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचनमा होमिएका थिए ।

निर्वाचन अघि उनले नेपाल एयरलाइन्सको जहाज दक्षिण कोरिया देखि सिधै नेपाल उडान भर्नेगरीको व्यवस्था मिलाउन पहल गर्ने उद्घोष गरेका थिए ।

नेपाली जहाज दक्षिण कोरिया–नेपाल उडान नहुँदा हजारौ नेपाली कामदारहरु दोब्बर भाडा तिरेर कोरियन जहाजमै नेपाल फर्किन बाध्य छन् ।

यी उम्मेदवार निर्वाचित भए एनआरएनएको नयाँ कार्यसमितिमा