काठमाठौं, ३२ साउन ।। हेटौँडामा एक युवकले आफ्नै लिङ्ग काटेका छन् । बुधबार हेटौँडा बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बस्न आएका ती युवकले राति करिब १० बजेतिर आफ्नै लिङ्ग काटेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका २२ वर्षीया नवीन हुमागाईँले आफ्नो लिंग काटेका हुन् । लिङ्ग काटिसकेपछि उनी आँफै हेटौँडा अस्पताल पुगेका थिए ।
उको हेटौँडा अस्पतालमा उपचार सम्भव नभएपछि राति १२ बजे नै रेफर गरिएको मकवानपुर प्रहरीले जनाएको छ । उनले प्रहरीसमक्ष आफ्नो लिङ्ग आँफै काटेको वयान दिएको पनि प्रहरीले जनाएको छ ।
उनले आफ्नै लिङ्ग किन काटे भन्नेबारे खुलाइएको छैन