पाँचथरका सुशील शेर्माद्वारा युरोपकै सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रुसको सफल आरोहण

काठमाडौं, १ भदौ । नेपालका आरोही सुशील सेर्माले युरोप महादेशकै सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रुसको सफल आरोहण गरेका छन् ।

रशियामा रहेको ८ हजार ६ सय अग्लो हिमालको आरोहण बिहीबार बिहान ५ बजेर १५ मिनेटमा आरोहण गरेका हुन् ।

शेर्माले यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा, लाङटाङ र आइसल्याण्ड पिकको सफल आरोहण गरिसकेका थिए ।

पाँचथर जन्मथलो भएका उनी सो हिमाल आरोहणका लागि यही साउन २६ मा रसिया गएका थिए । माउन्ट एल्ब्रुस आरोहण अघि उनले त्यहीँको छिकेद पिकसम्म पूर्वअभ्याससमेत गरेका थिए ।