अनेरास्ववियू (क्रान्तिकारी) यासोक क्याम्पसको नयाँ कार्यसमिति गठन


यासोक, ६ पुष । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) यासोक क्याम्पसको नयाँ कार्यसमिति गठन भएको छ ।

मंगलबार आयोजित एक भेलाले प्रशिका मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।

अनेरास्ववियू (क्रान्तिकारी) कुम्मायक गाउँपालिकाको आयोजनामा गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा रमा लावती चयन भएकी छन् । त्यस्तै सचिवमा मैना सम्बाहाम्फे, सहसचिवमा युगल आङ्देम्बे, कोषाध्यक्षमा सविना लावती चयन भएकी छन् ।

त्यसतैगरी सदस्यहरुमा सुमना सम्बाहाम्फे, नमुना फेवदेन, सोनियाँ लावती, सरिता तामाङ, सम्झना तामाङ, सुनिता गर्तौला, सुदशिन आङदेम्बे, सुहाना आङदेम्बे र रन्जना फेवदेन चयन भएका छन् ।

उक्त भेला अनेरास्ववियू (क्रान्तिकारी) कुम्मायक इन्चार्ज रोशन भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। भेलामा जिल्ला तहका अनेरास्ववियु क्रान्तिकारी नेतारु कुम्मायक गाउपालिका कमिटी अध्यक्ष महेन्द्र खड्का, अनेरास्ववियू (क्रान्तिकारी)पाँचथर जिल्ला उपाध्यक्ष एंव संगठन विभाग प्रमुख सन्दीप तुम्रोक लगायतको उपस्थिती थियो ।