- तारा बहादुर कन्दङ्वा
बेलायत, १७ भदौ । याक्थुङको सृष्टि मुन्धुम र कर्मकाण्डमा विभिन्न पूजाअर्चना गरिन्छ । याक्थुङ्ग जातिको इतिहास र सृष्टि मुन्धुमलाई अध्ययन साथै ब्याख्या विष्लेशण गर्दा तुलनात्मक हिसाबले अहिलेको आधुनिक बिज्ञानलाई पनि चुनौति दिन्छ ।
याक्थुङ जातिको समाज, इतिहास र मुन्धुममा कुनै मूर्ती, सालिक तथा अस्वाभाविक अप्राकृतिक जस्ता मिथ्या प्रतिको परम्परालाई आस्थाको केन्द्रको रुपमा कहिल्यै मानिन्दैन ।
यो जातिलाई जन्माउने आफ्नै सृष्टि भूमि याक्थुङ लाजे हो । यसैगरी यि याक्थुङ जाति भनेका आफ्नो बसोबास गरेको भूगोलको रक्षाको निम्ति, समग्रह याक्थुङ जाति समाजको रक्षाको निम्ति आफूले आवाद गरेको भूमीमा भएका प्राकृतिक जगत र जीवनमा आधारित सम्पूर्ण खोला नाला, डाडापाखा पहरा पखेरा, वनस्पति बनजङ्गल हिमाल पहाड मैदानलाई आदर सम्मानका साथ पुज्ने मान्ने गर्दछन्। यसैले याक्थुङ्ग जातिको मुन्धुममा आधारित सृष्टिकर्ता सर्वशक्तिशाली तागेरा निङ्वा भुु माङको विश्वासको केन्द्रमा रहेर सर्वस्व पहिचान बोकेको याक्थुङ्ग भूमी हो ।
राँगामा परिमार्जन
हामी याक्थुङ भूमीको मालिक हौं (याक्थुङ मा; लाजेरेन कुन्दाङ्वा सि आनि) । यो जातिलाई नेपालमा बसोबास गर्ने १२५ फरक अन्य जातिहरुको इतिहासमा राख्न कदापि सकिन्न र छेउछाउमा राख्न समेत मिल्दोजुल्दो हुँदैन।
किनकि याक्थुङ्गले स्वायत्त शासन आफैले कायम गरेको हो यसको अर्थ शासक बन्न सृष्टिले नै अभ्यास गराएको हुनाले यो जाति कसैबाट शासित बन्न कदापि सक्दैन अनि मान्दैन। याक्थुङ्ग जातिको प्राचिनकाल देखि नै विभिन्न कूल देवताहरुको पूजापाठ गर्दै आएका छन जस्तै युमा साम्माङ, थेवा साम्माङ, अंव्वानामा अन्य धेरै छन त्यस्तै गरी पिचम्मा भन्ने पूजा पनि गर्ने गर्दछन । पिचम्मा भनेको मेबोक्को हो र यो पूजागर्दा गाई वा गोरुको टाउकोले गरिन्छ । तर अहिलेको आधुनिक समयमा यहाँ रागाको टाउको लगाउने गर्दछन ।
धार्मिक सहिष्णुताको सिहावले गाई बाहुन ब्राह्मण जातिले गहुँ माता भनेको हुनाले रागामा परिमार्जन गरेको हो ।
जब ब्राह्मण जातिले गाईलाई आफ्नो पितृ कूलको पूजापाठ गर्दा गोमूत्रे सूतक, आशौच आदिका शुद्धिकार्यमा प्रयोग गरिने र पवित्र मानिने गाईको मूत; पञ्चगव्य (गाईको दूध, दही, घिउ, गउँत र गोबरबाट सम्पन्न हुन्छ। यद्यपि बाहुन क्षेत्री ब्राम्हणहरुको जस्तै सुद्धाई बारे घरमा कसैको मृत्यु भएमा घरलाई शुद्ध बनाउन मृततिथिदेखि बाह्रौँ वा तेह्रौँ दिनमा गरिने हवन, पाठ, पञ्चगव्यप्राशन आदि शुद्धशान्तिको प्रक्रियामा आर्यहरूको वर्णव्यवस्थाअनुसार अन्तिम वा चौथो वर्ण लोहार, लौहकार विश्वकर्माको बेद प्रयोग गरेर मात्र सुद्धाई सम्पन्न गर्दछन।
विचारशील समय परिवर्तनको प्रमुख कारणले ब्राम्हण बाहुनहरुले अछुत जातिहरु सँग छुवाछूतको भेद नगर्ने भन्दै उनैको वा कामीको बेद प्रयोग गरेर मात्र ब्राम्हण बाहुन जातिको समस्त कर्मकाण्डहरु सुद्धाई हुन्छ भनेर भन्दैनन। यहाँ म आफैले विभिन्न इतिहास याक्थुङ्ग मुन्धुम मन्थन कार्य खोजी अनुसन्धानको क्रममा एकजना ताप्लेजुङ फुङ्लिङ बस्ने ९६ वर्षका शिव प्रसाद विष्ट सँग संयोग बस झापाको दमकमा भेट भयो ।
उहाँ उमेरले शिखरमा भ¥याङ लगाएका भएतापनि यस्ता धर्म कर्म बेद, बेदान्तका बारेमा कुराकानी बहस गर्न भने अत्यन्तै रुची राख्नुभयो । मृत्यु संस्कारको बारेमा भएको कुराकानीले निकै समय लिएको थियो र यस विषयबारे आपसीको बहसलाई टुंगो लगाउन निकै मुस्किल परेको थियो ।
यहाँ महत्त्वपूर्ण कुराहरू भयो जस्तै ब्राम्हण बाहुन क्षेत्री जातिको मृत्यु संस्कार बारे प्रबिधिसम्बन्धि साथै प्रक्रियाको चर्चामा बाहुन छेत्रीहरुमा पनि गाई खाने चलन थियो भन्ने शिर्षकबाट कुराकानीको आरम्भ भएको थियो ।
भिमसेन थापाले गौमाताको प्रथा भित्र्याए
मृत्यु संस्कार बारे बाहुन क्षेत्रीको १३ दिनमा सुद्धाई कार्यक्रम गर्दा विशेष पिण्डा चढाउदा गाईको बछेटो चाहिन्थ्यो । तर पछि गएर नेपाल सरकारको नीति विशेष गरी भीमसेन थापाको उदय र उनको निर्विरोध शासन ईस्वीसम्बत १८०६–१८३७ लगभग तीन दशक लामो शासनकालमा गाई काटेर खाने प्रथालाई कानुनी मान्यता दिएका थिए ।
भीमसेन थापाको पालामा नेपालमा ब्राह्मण बाहुन क्षेत्री वा अन्य जातिहरुलाई गाई खान रोकतोक लगाई गाईलाई माताको रुपमा राखेर पुज्न थालियो।यही समयमा गाईलाई नेपालको राष्ट्र जनावर घोषणा गरी गहुँमाताको रुपमा पुज्न शुरू भएको तत्थ्य प्रमाणहरु छन । बाहुन क्षेत्रीले यहाँबाट गाई काट्न छोडेर आफ्नो संस्कार संस्कृति परिमार्जन गरे ।
कानून परिवर्तन हुँदा गाईलाई राष्ट्रिय जनवार बनाइयो
नीति फेरिएको हुनाले गाईलाई राष्ट्र जनावर बनाईयो र खानमा रोकतोक लगाईयो। अहिले बाहुन क्षेत्रीले गाईलाई माताको रुपमा राखेर पुज्ने गर्दछन तर पहिले गाई काटेर भोज खाने गर्दथ्ये। अहिले सुद्धाई कार्य गर्दा गाईको मासुको रुपमा भेडाको उन पोलेर चढाउने कार्यविधी छ भने तीन पाने रक्सीको रुपमा तिलजौं पानीको प्रयोग गरी काजकृया पितृ पिण्डा चढाएर सुद्धाई गर्दछन।
यहाँ अर्को एउटा कुरो पनि गर्नुभएको थियो । आर्यहरूका धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिका मूल स्रोत मानिएका, सर्वप्राचीन र सर्वाधिक मान्य आर्यग्रन्थ; श्रुति; आम्नाय; छन्दस् (ऋक्, यजु, साम र अथर्व― यी चार वेद प्रसिद्ध छन्)।शुद्धिकार्यमा प्रयोग गरिने र पवित्र मानिने गाईको मूत खाने बारेमा पनि कुरो गर्नुभयो।
बढो रोचक, चाखलाग्दो, घतलाग्दो तरिकाले गाईको मूत खाने बारे बताउनु भयो। यसबारेमा वहाँको भनाईमा प्रति म पनि निकै घोरिएर ध्यानपूर्वक धैर्यताका साथ सुनेर बसेको थिए। वहाँको भनाईलाई यहाँ यसरी राखिएको छ।
ब्राह्मण आर्य बाहुन मूलको एकजना पण्डित सधै साथमा वेद राखेर वेद पढ्ने गर्दथ्ये र जहाँ जान काम परे तापनि वेद भने साथैमा बोकेर जान्थ्ये। एकदिन पण्डितले गाईबस्तु चराउनका लागि खोलो तिर लिएर गए ।
दिन अत्यन्तै गर्मी थियो र प्रचण्ड गर्मीको कारण गाईबस्तुलाई चरणमा छोडेर पण्डित भने एउटा रुखको फेदमा शरीरलाई सन्च लाग्ने स्थितिको शीतलमा बसेर वेद पढ्ने गर्दथ्यो ।
वेद पढ्ने क्रममा गर्मी भएको हुँदा पण्डितले वेद पढ्न छाडि वेद आफूले लगाएको कोटको गोजीमा राखेर आफ्नो लुगा रुखमा झुण्ड्याई खोलामा नुहाउन भनि गए। पण्डित नुहाएर फर्किन्छ र यहाँ आफूले राखेको आफ्नो लुगा भने गाईले खादै गरेको देख्छ । पण्डित हतार गरेर आउछ र गाईले खाईरहेको आफ्नो लुगा खोस्न खोज्छ तर गाईले खाई सकेको हुन्छ ।
पण्डितको लुगा गाईले खादा कोटमा भएको वेद समेत गाईले खाईदिएको हुनाले बृद्ध ९६ वर्षका शिव प्रसाद बिष्टको अनुसार त्यहाबाट बाहुन क्षेत्री ब्राम्हण जातिले गाईको मूत खान शुरु गरेका हुन ।
यो पनि भनेका थिए जहाँ अहिले प्रयोग गरिएका वेद भनेको कामीबाट शर्तमा सापट गरिएको हो र यहाँ कामीको वेद जस्तै सनासो होत्रो भनेकै हुनुपर्छ बिवाह लगनमा नत्र सबै कर्मकाण्ड नै अपूरो अपवित्र हुन्छ। यस कारण कामीको वेद प्रयोग गरी ब्राम्हण बाहुन क्षेत्रीको सुद्धाई चोखिने पबित्र हुने आदि कार्य सम्पन्न हुनेगर्दछ।
यदि बिवाह बर्तबन्धनमा हो भने धार्मिक यज्ञ आदि शुभ कार्य र अन्य कार्यमा सामेल हुनको लागि बोलाईएका ईष्टमित्रहरुलाई कामीको वेद पढेको थाहा नहोस भनेर लगन हुन केही समय अघि नै पण्डितले पञ्चभलाज्मि, श्लोक, ढोलके, नौमती बाजागाजा तयारी छ वा छैन भन्दै बुलन्द आवाजका साथ बाहानाको हर्षोल्लास गरिन्छ ।
यस अवसरमा कामीको वेद पढिन्छ भनेर बृद्ध बिष्टले बताउनु भयो।
यसको अर्थ याक्थुङ जातिले भन्दा पहिले मदिरा बनाउने जस्ता काममा प्रयोग हुने विभिन्न पदार्थहरु ब्राम्ह्रण क्षेत्रीहरुलाई थाहा भएको हुनाले मादक पदार्थको प्रयोग साथै सेवन पनि गरेका थिए भन्ने अनुसन्धानबाट प्राप्त भए अनुसार सहजै भन्न सकिन्छ ।