- किशोरचन्द्र इङ्नाम
धर्मलाई दोष दिएर
आफु पवित्र बन्न नखोज्नु
तिम्रो कस्तो धर्म,
जहाँ, मृत्युमा ताली बँज्छ
शोकमा खुशीको दियो बल्छ
कतै,
खुशीहरु जले
विचारहरु ढले
सपनाहरु टुटे
आशाहरु छुटे
बल्दै गरेको दियो
चम्किदै गरेको तारा
बल्न छाड्यो
चम्किन छाड्यो
यति मात्रै कहाँ हो र ?
सिंगो माङ्गेना ढलेको छ
हात समाई सिढी चढ्नेहरुको
हात गोडा गलेको छ
माङ्लाई सोध्नु
नामको सिंगो चोत्लुङ्ग
ढल्यो कि ढलेन ? भनेर
होला ?
फरक थियो यात्रा
फरक थियो विचार
फरक छैन गन्तव्य
फरक छैन मृत्यु
साच्चिकै
त्यो शिखर
चुमेको नाम
अब देखाउ कुन नाम
सोध्नु,
माङ्लाई साँची राखेर
छातीमा हात राखेर
यो बेलाको ताली
बेबकुफ गाली
कस्तो होला ? भनेर
सोध्नु,
दिल दिमाग लाई
त्यो ठाँउ
त्यो शिखर
भुत, वर्तमान र भविष्य
कहाँ छ ?
के ? को मा छ ? भनेर
मानवता भुल्ने भुलकडहरु
शोकमा रम्नेहरु
सक्छौ मानवता जगाउ
सक्दैनौँ, मनलाई शान्त बनाउ !!