काण्डै-काण्डले गिजोलेको मुलुक र ०८४ पछिका सम्भावित आशाहरु

  • वीरेन्द्र श्रेष्ठ

पन्चायतमा राजाको हुकुम प्रमांगी र प्रजातन्त्र बहालीपछि मन्त्रीपरिषदले गरेका निर्णयहरु नियालेर हेर्दा, पन्चायतकालीन हुकुम प्रमांगीको कही कतै दोहोर्‍याए विश्लेषण गरेको पाईदैन । तर बहुदलीय व्यवस्था लागू भए पछिका कालखण्डमा भएका अनियमितताहरुलाई विभिन्न नियमनकारी निकायहरुले चासो नलिएका हैनन । तर सारमा पुग्दा विभिन्न दलका पहुँचवालाहरुकै सम्लग्नता पाइन्छ । र, लहरो तान्दा पहरो झर्ने डरले हरेक काण्डमा लागेका मुद्दाहरु स्थगन वा तुहाउने प्रयत्न भैरहेका छन ।

विभिन्न कालखण्डमा भएका क्रान्ति र यसको उद्देश्य पुर्तीका खातिर चालिएका अनेकन राजनीतिक कुकर्महरुलाई ढाकछोप गर्न र पटकपटक सत्तामा टिकिरहन जोडघटाउको सिधा हिसाब गर्न बनेका अध्यादेश र कानुनमा भएका हस्तक्षेपकारी परिमार्जन साथै पार्टीका गतिबिधी र प्रलोभनको आधारमा आफ्नो दलको राजनीतिलाई प्रभावशाली पार्न अनेकन अबैध क्रियाकलाप (सुन तस्करी, सरकारी जग्गा लिज र बेचबिखन आदि) र अनेकन बिषयहरुमा भयेका भ्रस्टाचारमा भयेको दलको सम्लग्नताले सरकारको कुर्सीमा पुगेका शिर्ष दलका नेताहरु र ती दलहरु सग तासको जोकर जस्तो टाँसिएर दिन दुगुना र रात चौगुना कमाउ धन्दामा लागेका ब्यापारी र गलतलाई पनि सत्कर्मको हवाला दिदै व्यक्तिगत फाइदा लिने झोलेहरुले मुलुकलाई आलोपालो बलात्कार गरिरहेका छन ।

भ्रष्टाचारको प्रत्यक्ष नियमन गर्न खडा गरिएको सस्था (अख्तियार दुरुपयोग अनुसन्धान आयोग) पनि आलङ्कारिक हुँदै साना मसिना काममा भुलिएर बस्न बाध्य छ । धेरैलाई लाग्ला, यो सव कर्मचारीहरुले सकेको मुलुक हो । तर सारमा कर्मचारी एउटा निर्दिष्ट जिम्मेवारी बोकेको पाले वा सुरक्षक मात्र हो । यो सबको कमान्डर राजनीति नै हो यानेकी मन्त्रीपरिषद । पन्चायत कालमा जग्गा मुल्यवान थिएन वा सत्तामा बस्नेहरुले कर्मचारीहरुलाई धेरै हलचल गर्न दिदैन थिए वा नीतिगत भ्रष्टाचारको जालो वा पैसाको लोभ धेरै थिएन । त्यति मात्रै होइन मुल्यमान्यताको जग बलियो थियो । त्यहाँ डर (fear factor) ले काम गरेको प्रष्ट देखिन्छ ।

मुलुकमा एउटा मन्त्री असल र इमान्दार भइदिदा कतिसम्म गर्न सकिन्छ ? भन्ने साना तिना उदाहरण नेपालमा नभएका पनि हैनन । पटक पटक काठमाडौ, धरानमा धेरै जना मेयर भै सके । तर उनिहरुलाई आफ्नो जिम्मेवारीको हेक्का सम्म नभएको हो की ? उनिहरुलाई काम गर्न नदिइएको ।

बिक्रम सम्बत १९८६ देखि १९८९ सम्म नेपालको श्री ३ बनेका भिमसमशेर जबराले १९८८मा खरिद गरेको २९९ रोपनी ९ आना ३ पैसा जग्गामा डिल्लीजङ्ग थापा र जोगवीर स्थापितको को वास्तु र योजनामा ईटा र सुर्खीबाट निर्माण भएको भब्य दरवार नै ललिता निवास हो । जुन हाल नेपाल राष्ट्र बैंक लगायतका कार्यालयहरु छन । भिम समशेरले छोरा हिरण्यलाई अंश स्वरुप हस्तान्तरण र हिरण्यबाट सुवर्ण समशेरमा जग्गाको हक हस्तान्तरण भै आएको देखिन्छ । सुवर्ण सम्शेरले आफ्नो नामको जग्गामध्ये २०१७ असार २९ गते उहाँकि पत्नी स्वेतप्रभालाई ५८ रोपनी, तीन छोराहरू कनक, कन्चन र रुक्मसमशेर लाई जनही ५७ रोपनी बकस पास गरिदिएको देखिन्छ । बाँकी जग्गा आफ्नो नाममा र केही जग्गा सडकमा परेको देखिन्छ ।

राजनीतिक संरक्षणमा मालपोत कार्यालय ललितपुरले २०६९ माघ ५ गते ३ रोपनी १२ आना जग्गा टिकिन्छा गूठीको नाममा दर्ता गर्यो । सित्तै पाए अलकत्र पनि निल्छन भन्ने एउटा असली उदाहरण हो यो । सुवर्ण समशेरले नै गुठीको नाममा दर्ता नगरेको र २०१७ साल सम्म यस्ता केही नहुनुमा उ वेलामा सरकारी अड्डामा छलछाम खासै नहुने गरेको प्रष्टिन्छ ।

शृङ्खलाबद्ध तवरले एकपछी अर्को निकायहरु लागेर नम्बरी जग्गालाई गुठीको बनाउने, अ.त.को कारण रोक्कामा परेका कित्ताहरुलाई विभिन्न प्रपन्च रचेर ब्यक्तिको नाममा पारी सयौ टुक्रा कित्ताकाट समेत भएको र यी जग्गा बेच्न, किन्न बिधि मिलाउनेहरु मुलुकका ठुलै माछो रहेको प्रष्टिदै आएको छ ।

अहिले सम्म सुन्नमा आएका यति, ओम्नि, लाउडा, वाईडबडी, स्वास्थ सामाग्री खरिद, गिरिबन्धु जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुनतस्करी लगायत गरि सयकडौ भ्रष्टाचारका मुद्दाहरू र अन्य जघन्य अपराधिक मुद्दाहरू एक सच्चा नेपाली सपुतलाई पर्खिएर बसेका छन ।

हाल बिशेषत तिनवटा प्रमुख मुद्दाहरु (भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी) बजारमा छन । जनता कुनै पनि एकको निस्कर्षमा सरकार चाडो पुगोस र एक एक गर्दै मुलुकका धमिराहरु जेलमा सडिएको हेर्न चाहन्छन तर जताततै दलगत सहगोत्रीहरु कै ताण्डव भेटिदा सरकारको गतिमा ब्रेक लाग्ने गरेको देखिरहेको छ ।

मुलुकले अत्यन्तै ठूलो मूल्य चुकाएर स्थापित राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी माओवादी र सो दलका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) २०६४ यता ३ पटक प्रधानमन्त्री भै सकेका छन । जातीय विभेद, पहिचान, सङ्घियता र समुल परिवर्तन हुँदै साम्यवादको लक्ष्य बोकेको यो दलले तेस्रो पटक सरकारको नेतृत्व गरिरहदा आफ्नो एजेन्डाका लक्ष्य कति हाँसिल गर्यो ? छुट्टै समिक्षा गरौला । तर प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा समाज र मुलुकलाई खोक्रो पारिरहेको भ्रष्टाचारको मुद्दालाई दूध र पानी राजहाँसले छुट्याए झै छुट्याउन सक्ला ? हेर्न र सो बिषयमा जनता के भन्छन बुझ्न र यहि आर्टिकलमा केही प्रष्टिन जरुरी छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादीले सशस्त्र द्वन्द कालमा उठाएका चन्दा, लुटिएका बैंकका खजाना, जवर्जस्ती असुली आदिको अवशेषको जिम्मेवार को छ ? लडाकु समायोजन भैसके पश्चात् बिशेषत पुष्पकमल दहाल (प्रचण्ड) लाई क्यान्टोनमेन्ट घोटाला काण्डमा दोषी करार गर्न खोजिएको छ ? आफू पटकपटक प्रधानमन्त्री भैरहदा यी घटनाको प्रष्टिकरण हुनु पर्दैन थियो र ? आफुले जे गरेनी हुने भन्ने सिद्धान्तबाट ग्रसित मानसिकताले मुलुकलाई अगाडी बढाउन सक्छ र ? हरेक कुरामा ईमान जोखिन्छ । ईमानको तराजुमा खरो उत्रन नसक्नेले कदापी भ्रष्टाचार जस्तो जघन्य अपराध र अपराधीको सफाया गर्नै सक्दैन ।
नेपाली जनता धेरै हदसम्म बिषयको गाम्भिर्यताको हेक्का राख्न सक्ने भएका छन । बुझेका छन पटक पटक सत्तामा बसेकाहरुको माखेसाङ्लोको कडि दर्विलो छ । यिनिहरुको भ्रष्टाचार र बेथितीसगको सम्बन्ध अनन्य छ र नै यिनिहरुले कुनै हालतमा भ्रष्टाचार नियन्त्रण गर्नै सक्दैनन् ।

साक्षात भगवानको अवतार श्रीराम र माता लक्ष्मीको अवतार सीता बनवास जादा रावणले हरण गरेकी सीताको सतित्वको प्रश्न जनताले उठाएपछि अग्नि परिक्षा दिन विबस देवि सीता अनि आफ्नी श्रीमतीलाई अग्नि दोहनको आदेश दिन विवस श्रीरामको कथाले के प्रष्ट पार्छ भने समाजले प्रश्न आफुतिर उठाएका छन भने प्रथमतः आफ्नो प्रष्टीकरण दिनु सर्वथा उचित हुने र आफू सुद्धी भए पश्चात् अरुको सातो अनि पातो फर्काउन सर्वथा उचित हुने छ ।

भ्रष्टाचार नियन्त्रणको प्रयत्न जो कसैले गर्न सक्छन तर यो रोग नेपालको अस्मिता लुट्न कम्मर कसेर लागेको छ । अब निर्मला पन्तलाई झै यी अस्मिता लुटेराले हत्या गर्न मात्र बाकी रहेको प्रष्ट देखिन्छ । हरेक ठाउँमा सिन्डिकेट लागू गरेर, हरेक तह तप्कामा आफ्नै आफ्ना भर्ती गरि चलाईएको लुटले पनि सुख पाउने दिनको अन्त हुँदै छ तथापि ढाकछोपको ब्यापार अझै फष्टाईरहेकै यत्रतत्र देखिईरहेको छ ।

०८४ पछिका आशाहरु

जनताले ०८४ को चुनावलाई मुलुकको अवस्था परिवर्तनको अन्तिम मिति र अवधी तोकेका छन । ०८४ सम्ममा जनसहभागिताबाट हुने कामहरुमा धेरै हदसम्म पारदर्शि बन्ने छन । साँचो अर्थमा अवको परिवर्तनले मुलुकमा सुशासन र जनताको अवस्थामा सकारात्मक परिवर्तन नआई सुखै पाउदैन ।

राजनीतिक गिजलोको कारण निम्तिएको अस्थिरता, परिस्थितिलाई धमिलो पार्दै आफू अनुकूलको ब्यबस्थामा परिवर्तन आदिको नाटक मन्चनलाई अन्त गरि आफू सग जे छ त्यसैलाई अङ्गिकार र परिमार्जन गरि सह–अस्तित्व र मौलिक पहिचान सहितको सुन्दर, शान्त, बिकसित अनि समृद्ध नेपालको लागि साँचो मनले मुलुक र जनताको सेवा गर्ने ब्यक्ती र समुहको खोजी नै अवको विकल्प हो ।