काठमाडौं । मोडेल तथा सञ्चारकर्मी पुष्पजंग कुँवर लामो समयपछि शिरफूलबाट साँगितिक बजारमा सार्वजनिक भएका छन् ।
साँगितिक क्षेत्रबाट केही वर्ष गुमनाम रहेका मोडेल कुँवर शनिबार नयाँ देउडा गीत शिरफूरबाट सार्वजनिक भएका हुन् ।
शिर्खा लाग्या पानी मुल,माया नमारे शिरफूल देउडा गीतलाई मोडेल कुँवरको युटुव च्यानल पुष्पजंगल कुँवरबाट सार्वजनिक गरिएको छ ।
यो शिरफुलमा चर्चित देउडा गायिका रेखा जोशी र गायक अर्जुन भुलको स्वर रहेको छ । मोडेल कुँवरको शब्द र मोडलिङमा केन्द्रीत शिरफूलमा कुँवरले चर्चित टिकटकर मिस पवीससँग मनकाकुरा साँटेका छन् ।
गीतको भावले भने,प्रेमी विदेश भाँसिन लागेर प्रेमिकालाई माया नमार्नु सँधै सम्झि रहेनु । तिमी मेरो शिरफुल हौँ,भनेर मोडेल कुँवरले टिकटकर मिस पवीलाई फकाई रहेको गीतको म्युजिक भिडियोमा देखिएको छ ।
दिनेश ठकुल्लाको निर्देशनमा काठमाडौँ उपत्यका विभिन्न ठाउँमा छायाकंन भएको हो । लामो समय गुमनाम भएको मोडेल कुँवरले अब आफ्नो साँगितिक यात्रा तीब्र गतिमा अघि बढ्ने बताएका छन् ।
आफूले पछिल्लो ४ वर्ष संगितका विधाबारे ध्यानमा व्यस्त भएकाले मोडलिङ तथा संगित रचनामा ध्यान दिन सकेको र अबका दिनमा आफ्नो साँगितिक यात्रा नरोकिने बताए ।
उनले आफू लामो रेशको घोडा भएकाले केही समयको साँगितिक बजारमा नदेखिँदा हराएको भन्न नमिल्ने दाबी गरे ।
मोडेल कुँवरले यसअघि देउडा, तीज र लोक दोहोरी गीतमा स्वर दिनुका साथै मोडलिङ गरिसकेका छन् ।