मधेशी कोटाबाट काँग्रेसको केन्द्रीय सदस्यमा भारी मतले विजयी भए विनोद चौधरी

काठमाडौं, ६ पुष । उद्योगी विनोध चौधरी नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा भारी मतले विजयी भएकाछन् ।

उनी काँग्रेसको १४औं महाधिवेशनमा मधेसी कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनलाई केन्द्रीय सदस्य बन्न २२०६ मत प्राप्त भएको थियो । चौधरी सभापति शेरबहादुर देउवा निकटमा नेता हुन् ।

मंसिर २७ गते भएको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । यतिबेला केन्द्रीय सदस्यको मतपरिणाम आइरहेको छ ।