कञ्चनपुर, ०९ भदौ। कञ्चनपुरस्थित शुक्लाफाँटा १० की क्यान्सर पीडित कस्तुरी साउद भूसालले उपचारका लागि आर्थिक याचना गरेकी छन् ।
लामो समयदेखि ठूलो आन्द्राको क्यान्सरबाट ग्रसित रहेकी कस्तुरीको पछिल्लो समय फोक्सोको पनि क्यान्सर देखिएपछि उपचारमा आर्थिक अभाव भएको हो ।
८ वर्षअघि देखि नै स्वास्थ्य समस्या झेलेकी उनको पटक पटक ठूलो आन्द्राको पनि शल्यक्रिया गरिएको थियो । उपचारकै क्रममा ठूलो आन्द्रमा क्यान्सर देखिएकोमा अहिले फोक्सोमा पनि क्यान्सर देखिएको पीडित कस्तुरीले बताएकी छन् ।
अर्घाखाँची माइत भएकी ३५ वर्षिया कस्तुरीले कोलोन क्यान्सरबाट बच्न यसअघि पाँचपटकसम्म शल्यक्रिया गरेको बताएकी छन । उक्त उपचार गर्दा ठूलो रकम खर्चिसकेकी छन् । अब थप उपचारका लागि भारु १८ लाख आवश्यक परेकाले उक्त रकम जोहो गर्न सबैमाझ आर्थिक याचना गर्नु परेको उनका आफन्तले बताएका छन् ।
कोलोन क्यान्सरको अपरेसनपछि उनको स्वास्थ्य सामान्य अवस्थामा फर्किने आशा गरिएको थियो । तर पछिल्लो समय उनमा अचानक पेट दुख्ने समस्या देखिन थालेको थियो । उनले आफ्नो समस्या चिकित्सकलाई बताउँदै आएकी थिइन्।
चिकित्सकले उनलाई एकपटक ‘पेटसिटी’ (होलबोडी स्क्यान) गराउन सल्लाह दिएका थिए। चिकित्सकको सल्लाहअनुसार नै उनी स्वास्थ्य परीक्षण गर्न भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा पुगेकी थिइन। जसमा परीक्षणको क्रममा उनमा फोक्सोको पनि क्यन्सर देखिएको हो ।
सहयोगका लागि
सम्पर्क ९८४७३७८०९०
बैक खाता
ग्लोबल आइएमी बैंक
नाम – कस्तुरी साउद भुसाल
खाता नम्बर – ०३६०७०१००१०३१५