कपिलवस्तुमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिसहित ६ हजार कार्यकर्ता एमालेमा प्रवेश

कपिलवस्तु, ६ पुष । कपिलवस्तुमा नेकपा माओवादीबाट निर्वाचित जनप्रतिनिधिसहित ६ हजार कार्यकर्ताहरु नेकपा एमाले प्रवेश गरेको दावी गरिएको छ ।

मंगलबार एक कार्यक्रमकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशी नेताहरुलाई फुलमालाले स्वागत गरेको बताइएको छ ।

एमालेका नेता विष्णु रिजालका अनुसार मंगल गुप्तालगाय गरि ६ हजार कार्यकता एमाले प्रवेश गरेका हुन् ।

माओवादीबाट निर्वाचित जनप्रतिनिधिसहित अन्य दलहरुबाट ६ हजार बढी कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

गुप्ता माओवादीका चर्चित तथा प्रभावशाली जिल्ला नेता हुन् ।

रिमालले फेसबुक स्टाटसमा लेखेका छन्, ‘६ हजार नेता–कार्यकर्तासहित एमाले भित्रिए कपिलबस्तुका चर्चित नेता गुप्ता, माओवादीका निर्वाचित जनप्रतिनिधि पनि एमालेतिरै समाहित सम्पुर्ण मा हार्दिक स्वागत।’

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनले देशभर पार्टी प्रवेश अभियान चलाइरहेको छ । उक्त अभियान अन्तर्गत कपिलवस्तुमा ओलीले मंगलबार आज उनीहरुलाई एमालेमा औपचारिक रुपमा स्वागत गरेका हुन् ।