तेह्रथुम । आठराई गाउँपालिका–५ छातेढुंगाका जीवन ओली तमोर नदीमा बगरेर बेपत्ता भएका छन् ।
छातेढुंगाको पिनासी घाटमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो ११ बजे १७ वर्षीय ओलीलाई तमोर नदीले बगाएको हो । बेपत्ता भएका ओली घरबाट बाख्रा चराउन तमोर किनारमा गएका थिए ।
बेपत्ता भएका ओलीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका निरीक्षक बद्री दाहालले जानकारी दिए ।