कास्की, ६ पुष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो उपस्थितीले केपी ओलीको सातो गएको टिप्पणी गरेका छन् ।
उनले नेकपा एकीकृत समाजवादी पार्टीको सांसदहरुकै कारण संसद अवरोध गरेका बताउदै एमाले अध्यक्ष ओलीको सतो गएको बताए।
‘केपी ओलीको कब्जामा रहेर प्राइभेट कम्पनीमा रूपान्तरित नेकपा एमाले नेकपा एकीकृत समाजवादी पार्टीको प्रमुख प्रतिद्वन्द्वी भएको पनि बताएका छन् । हाम्रो उपस्थितीले ओलीको सातो जाने गरेको छ,’ मंगलबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले भने ।
उनले थपे, ‘म संसद् चलेको बेला बाहिर आएँ, अहिले म बाहिर भएको मौकामा केपी ओली संसद् छिर्न बेर छैन, कमसेकम मेरो उपस्थितिले केपीको सातो गैरा छ नि उसले हामीलाई शत्रु घोषणा गरेको छ । हाम्रो अनुहार पनि हेर्दिन भन्या छ,कस्तो सन्जोग काँग्रेस महाधिवेशनमा अनुहार हेर्दै जानु परेछ । काँग्रेसको कार्यक्रममा आउन पनि हुने, एउटै स्टेजमा बस्न पनि हुने तर, संसदमा छुवाछुतको व्यवहार गर्छन्,संसदमा आउँछन् नारा लगाउँछन्।’