नेकपा एकीकृत समाजवादीको बुद्धभूमि नगर कमिटीको प्रथम भेला सम्पन्न

कपिलवस्तु, ६ पुष । नेकपा (एकीकृत समाजवादी) बुद्धभूमि नगर कमिटीको प्रथम भेला सम्पन्न भएको छ ।

मंगलबार आयोजित भेलेले नगर अध्यक्षमा भुवन प्रसाद खनाललाई चयन गरेको छ । त्यस्तैगरी उपाध्यक्षमा लोक बहादुर खड्का र मोहन पौडेल चयन भएका छन् ।

त्यस्तैगरी सचिवमा दीपक भुसाल, उपसचिवमा राधा श्रेष्ठ, जीवनारायण शर्मा सर्वसम्मत भएको छन् । बुद्धभूमिसङ्गै कपिलवस्तुमा नेकपा समाजवादी पार्टीको ७ पालिकामा कमिटी निर्माण भएको छ । अब ३ पालिकामा तत्काल कमिटी निर्माण हुने बताइएको छ ।