फिदिम, पुष ८ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरले पूर्वपत्रकार सेसेफुङ सेर्मालाई सम्मान गरेको छ । फोनिज पाँचथरको चौँथो अधिवेशनको अवसरमा सेर्मालाई पाँचथरकै पहिलो लिम्बू भाषाको समाचार वाचकको रुपमा सम्मान गरेको हो।
सेर्माले पाँचथरमै पहिलो पटक २०६४ सालमा सामुदायिक रेडियो सुम्हालुङ एफएममार्फत लिम्बू भाषाको समाचार वाचन गरेका थिए ।
जिल्लामै पहिलो पटक मातृभाषा लिम्बू भाषाको समाचार प्रसारणको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको सम्मान पत्रमा फोनिज पाँचथरले उल्लेख गरेको छ ।
सेर्मा हाल रोजगारीको शीलशीलामा दक्षिण कोरियामा रहेका छन् । एफएममा कार्यरत रहनुअघि उनी ‘देउराली फेदीमा’ मासिक भित्ते पत्रिका २०५९ मा सम्पादक थिए । त्यस्तैगरी ‘साराङ्ना साहित्यिक पत्रिका’ २०६० सालमा सहसम्पादकका रुपमा काम गरेका थिए ।