काठमाडौं, ८ पुष । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न आज पर्सा जाने भएका छन् ।
उनले त्यहाँ आज विभिन्न दल परित्याग गरि एमाले प्रवेश गर्ने नेता एवं कार्यकर्ताहरुलाई स्वागत गर्ने कार्यक्रम समेत रहेको छ । उहाँ पर्सा जाने कार्यक्रम तय भइसकेको पुष्टी भएको छ ।
अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि पर्सा जानेछन् । उक्त कार्यक्रम प्रदेश २ को आयोजनामा हुन लागेको हो ।
पर्सामा यसअघि पनि हजारौँ संख्यामा माओवादी परित्याग गरि एमाले प्रवेश गरेका थिए ।
एमाले स्रोतका अनुसार प्रदेश २ मा नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुखको सङ्ख्या तीन पुग्ने भएको छ ।
माओवादीबाट विजयी जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए लगत्तै एमाले प्रवेश गर्ने प्रदेश २ मा स्थानीय तहका अध्यक्षहरु पनि नेकपा एमाले प्रवश गर्नेक्रम बढीरहेको एमालेले जनाएको छ ।
यसअघि उता रौतहटको मौलापुर नगरपालिका र कटहरिया नगरपालिकाका प्रमुख मेयर पनि एमालेमा प्रवेश गरिसकेका छन् ।
त्यस्तै माओवादीबाट प्रदेश २ मा एक मात्र विजयी महिला मेयर रिनाकुमारी साह र कटहरियाका मेयर सियाराम कुश्वाहा पनि एमाले प्रवेश गरिसकेका छन् ।
रौतहट, बारा र पर्सालगायतका जिल्लाबाट माओवादीबाहेक अन्य पार्टीबाट विजयी वडा अध्यक्षहरु पनि एमालेमा प्रवेश गरिरहेको स्थायी कमिटी सदस्य प्रभु साहले बताएका छन् ।
एमालेको १०औँ महाधिवेशनको निर्णय अनुसार एमालेले देशभर पार्टी प्रवेश अभियान जारी राखेको छ । यसअघि कपिलवस्तुमा मंगलबार मात्रै करिब ८ हजार माओवादी कार्यकर्ता एमाले प्रवेश गरेको एमालेको दावी छ ।