रौतहट, ८ पुष । स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले नेपालको कम्युनिष्ट आन्दोलनद्वारा प्राप्त उपलब्धिहरुको रक्षाको लागि नयाँ पार्टी नेकपा एकीकृत समाजबादी गठन गर्नु परेको बताउनु भएको छ।
बुधबार रौतहटमा स्वास्थ्य चौकी भवन उद्वघाटनका लागि आइपुग्नु भएका खापुङले एमालेले कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धीको चरम दुरपयोग भएको आरोपसमेत लगाउनुभयो ।
स्वास्थ्य चौकी उद्घाटनका लागि राज्यमन्त्रीसहित पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार पनि रौतहट पुग्नुभएको थियो ।
उहाँले पनि नेकपा एमाले कुनै एक ब्यक्तिको सनकले गर्दा कम्पनी जस्तै भएको आरोप लगाउनु भएको छ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!