तेह्रथुम, ८ पुष । याक्थुङ्ग चुम्लुङ जर्मनीबाट चन्द्रबहादुर कन्दङवाको उपचारार्थ सहयोग प्राप्त भएको छ । लडेर गम्भीर घाइते भएका कालि बहादुर कन्दङवाको छोरा चन्द्रबहादुरको कन्दङ्वाको उपचारका लागि एक लाख १८ हजार पाँच सय पाँच रुपैया सहयोग प्राप्त भएको हो ।
आफ्नै निवास चुहानडाडाँमा लडेर गम्भीर घाइते भएका चन्द्रबहादुरको हाल बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । उनको मेरुदण्ड भाँचिनुको साथै आन्द्रामासमेत असर परेकोले उनको उपचारका लागि आर्थिक सहयोगको याचना गरिएको थियो ।
रकम संकलनका लागि याक्थुङ चुम्लुङ जर्मनीका सकृय सदस्य पर्वत लिम्बूले पहल गरेका थिए । उक्त रकम भद्रपुर नगरपालिका ३ कि समाजसेवी सिरिमती कुमारीमाया सङ्यक लिम्बूबाट पीडित चन्द्र बहादुरको सहोदर दाजु महेन्द्र कन्दङवालाई प्रदान गरिएको छ ।
याकथुङ चुम्लुङ जर्मनीले सहयोगी दाताहरुलाई धन्यवादसहित आभार व्यक्तसमेत गरेको छ ।
सहयोगी दाताहरुको नामावली
१, आशिष थापा १५० युरो (समाजसेवी)
२,सनचमान जबेगु, १०० युरो (अध्यक्ष याकथुङ चुम्लुङ जर्मनी)
३, बिक्रम पयाङगु १०० युरो (सचिव याकथुङ चुम्लुङ जर्मनी)
४, यादव थोकलिहाङ ५० युरो (बरिष्ठ सल्लाहकार याक्थुङ्ग चुम्लुङ जर्मनी)
५,पुण नेम्वाङ ६०युरो (सदस्य या चुम्लुङ जर्मनी)
६, खगेन्द्र कनदङवा ५० युरो।
७,डोमा शेर्पा ५० युरो।
८,जुनी कला लिम्बू ५० युरो (सदस्य या चुम्लुङ जर्मनी)
९, कुमार सुब्बा ५० युरो
१०,अमिर राइ , ४० युरो
११,जोती खनाल,२५ युरो
१२, मिना गौतम, २५ युरो
१३,परजल मिस्र, १५ युरो
१४,सोनम लामा,२० युरो
१५,अमरित थापा,२० युरो
१६,मनिस भट्ट, २० युरो
१७, बिक्रम दुवाल, २० युरो
१८, जोती पयाङगु, २० युरो