काठमाडौं, ११ पुस । एक व्यक्तिले ठूलै मेहनत र संघर्ष गरेर एक सफलता पाउन सक्छ । कडा परीश्रम र मेहनत गरेपनि पूर्ण सफलता भने धेरैमा केहीले मात्रै पाउने गर्छन् । तर ‘एक व्यक्ति अनेकक सफलता’का उदाहारण बन्नुभएको छ वसन्त नेम्वाङ ।
उहाँ राजनीतिमा मात्रै होइन, व्यवसायीक र सामाजिक क्षेत्रमा पनि सफल व्यक्तिको दर्जामा पर्नुहुन्छ । उहाँको राजनीतिक सफलता त पछिल्लो एक सफलता हो।
उहाँ सफल हाइड्रो व्यवसायी पनि हुनुहुन्छ । त्यति मात्रै होइन उहाँ होटल लगानीकर्ता पनि हुनुहुन्छ । त्यसमा पनि उहाँको उच्च सफलता छ । सेवाको राजनीति गर्ने व्यक्तिको रुपमा उहाँ आफूलाई दाबी गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘राजनीतिलाई म सेवाको रुपमा मात्रै लिन्छु । जीविकोपार्जनको लागि राजनीति होइन।’
‘आर्थिकोपार्जनका लागि राजनीति भन्दा अन्य पेसा वा व्यावसाय हुनुपर्छ’ यो नेम्वाङको भनाइ हो।
‘मेरो लागि राजनीति पेसा होइन, सेवा हो। राजनीति गरेर कुनै पदमा बसेर कुनै रकम लाभ लिन्छु भन्छ भने त्यो पेसा हो,’ उहाँ भन्नुहुन्छ ।
जीवन व्यवस्थापन र आवश्यकता पूर्तिका लागि होटल र हाइड्रो व्यवसायमा लागि परेको उहाँको भनाइ छ ।
१८ वर्ष उमेरबाट राजनीति
बि.स. २०१८ चैतको ८ गते फिदिममा जन्मिनु भएका नेम्वाङ, २०३६ सालको विद्यार्थी ‘मोभमेन्ट’बाट एसएलसी पछाडि ल क्याम्पस अनेरास्वियू विद्यार्थी राजनीतिबाट राजनीतिमा लाग्नुभएको हो ।
शैक्षिक योग्यता ( ब्याचलर डिग्री) बीएल ल क्याम्पसबाट २६ वर्षको उमेरमा अधिवक्ताको लाइसेन्स पनि प्राप्त हुनुहुन्छ उहाँ । ४८ मा निर्वाचित (पाँचथर) , ५१ पराजित ५६ निर्वाचित, ७४ निर्वाचित वर्तमान व्यवस्थापिका संसद हुनुहुन्छ।
चर्चाको पछि लाग्न मन लाग्दैन
आफू सामान्य अवस्था देखि नै चर्चाको पछि नलाग्ने स्वभावको भएको बताउनु हुन्छ । मिडियावाजी, हो हल्ला र प्रचारवाजी मन नपर्ने बताउनुहुन्छ । काम पहिलो र काम गरेपछि न्यूज आफै बन्ने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘न्यूज बनाएर होइन, काम गरेपछि आफै न्यूज बन्छ हैन र ?’
पैतृक सम्पतिमा भर परिन
पैतृक सम्पतिमा मात्रै भर नपर्ने स्वभाव भएको व्यक्तिको रुपमा आफूलाई चिनाउन उहाँ । पैतृक सम्पति प्रशस्त छ उहाँको । तर आफूले नै बाटो समात्नु पर्ने धारणाले आफूमा रहेको बताउनुहुन्छ । त्यसै अनुरुप आफूले राजनीति बाहेक अन्य पेसा अबलबन गरिरहेको उहाँ बताउनुहुन्छ । जसमा आफू सफल भएको उहाँको भनाइ छ ।
‘राजनीतिक झोला मात्रै बोकेर घरजम गर्ने छोराछोरी पढाउने पारिवारका आर्थिक व्यवस्थापन गर्न सकिँदैन । त्यसैले नै अन्य व्यावसायमा पनि आबद्ध रहनु परेको हो,’ उहाँ भन्नुहुन्छ, ‘राजनीतिमा लाग्नु अघि नै मेरो मनमा यी कुराहरु सोच्ने गर्दथेँ।’
सोल्टी होटलमा जागिर
उहाँ पहिलो पटक सांसद निर्वाचित हुनुअघि सोल्टी होटलमा जागिर गरेको अनुभव पनि बताउनु हुन्छ । श्रम गर्न लजाउनु नहुने उहाँको तर्क छ ।
‘जीविका गर्न लजाउनु हुँदैन । डराउनु र ढाँट्न हुँदैन । जीविका गर्न कानुनले समाजले छेक्दैन,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले राजनीति सँगै श्रमलाई पनि निरन्तरता दिइरहेको छु।’
स्थानीय पर्यटन प्रवद्धनका लागि पाँचथरमा होटल
पर्यटन क्षेत्रलाई बढवा दिनुपर्छ भनेर पाँचथर सदरमुकाममा होटलको स्थापना गरेको उहाँ बताउनुहुन्छ । उहाँले फिदिममा सरगम होटल संचालन गर्दै आउनु भएको छ । जो पाँचथरकै पूरानो र सुविधा सम्पन्न होटल हो ।
‘जिल्लाको बिकास र आवश्कीय देखेर होटलमा लगानी गरेको हुँ । उहाँले ६३ साल तिर फिदिममा संचालनमा ल्याएको हुँ । काठमाडौं या त देशबाहिरबाट आउने कोही पाउन आउनु भयो भने फिदिममा राम्रो होटल थिएन,’ उहाँले भन्नुभयो, ‘मैले पर्यटन क्षेत्रलाई बढवा दिने उदेश्यले होटल संचालन गरेको हुँ । आवश्यकता थियो आफ्नो गाउँमा आउनेको लागि राम्रो व्यवस्था होस भनेर।’
हाइड्रो व्यवसाय पनि
होटलभन्दा पहिले २०६१ सालमा हाइड्रो व्यवसाय संचालन गरेको उहाँको भनाइ छ । सरकारले मात्रै विजुली बाल्न नसकेकाले विद्युत उत्पानमा सहयोग पुर्याउने हिसाबले पनि हाइड्रो व्यावसायमा लागेको उहाँ बताउनु हुन्छ । उहाँले बिके पावर कम्पनी स्थापना गर्नु भएको थियो ।
उहाँले उज्यालो पाँचथरको अभियान समेत संचालन गर्र्नु भएको थियो । उक्त अभियानमा सरकारले ९० प्रतिशत र १० प्रतिशत लगानी स्थानीय उपभोक्ताको थियो । जुन अभियानले पाँचथरका २५ गाबिसमा विजुली पुगेको थियो ।
मन्त्री हुँदा स्मार्ट ट्राफिक लाइटको सुरुवात
सरकारमा प्रवेश गर्दै गर्दा सरकारको निती र कार्यक्रम कार्यन्वयनमा मात्रै फोकस मात्रै थियो भन्नुहुन्छ । जति समय सरकारमा रहन्छु । त्यति समय गम्भीरताका साथ सरकारका लक्ष्यहरुलाई ध्यान दिएर काम गर्ने संकल्प अरु नगरेको उहाँको भनइ छ ।
तर सरकारमा गएर आफूले अघिल्लो सरकाको कार्यविधि र अहिलेको स्थितीलाई मूल्याङकन गरेर कसरी कामलाई छरितो ढंगले गर्ने र कसरी अधिकतम आउटपूट लिने भन्ने विषयमा आफूले ध्यान दिएर काम गरेको उहाँ बताउनु हुन्छ । त्यति मात्रै नभइ १०० मा १०० नै बजेट कार्यन्वयनमा ध्यान दिएको उहाँ बताउनु हुन्छ ।
कार्यसफलताका लागि मन्त्री र कर्मचारीबिच राम्रो समझदारी गरेर अघि बढे धेरै काममा सफल हुने अनुभव गरेको उहाँ बताउनुहुन्छ ।
ओली सरकारकै सफल मन्त्री
उहाँ पहिल्यौ प्रतिनिधि सांसद बनिसकेका बनिसक्नु भएको थियो, २०४८ सालमा । तर सांसदल बनेर मात्रै उहाँकोको राजनीतिक सफलताको मापन भएन ।
पछिल्लो ओली सरकारको कार्यकालको बीचमा सरकारमा सामेल बन्ने अवसर उहाँले पाउनुभयो ।
उहाँ सरकारमा रहँदा आफ्नो परीचय गह्रुगो पहिचान बन्यो। जसले उनलाई रानीतिमा एक चम्किलो परीचय दिएको छ । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महाशेठलाई विदाइ गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई सो मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
उहाँ मन्त्री बन्दै गर्दा मेन स्ट्रिमका समाचार माध्यमहरुले ‘भ्वाङै झ्वाङका बिच मन्त्री नेम्वाङ’ भनेर मुख्य हेडलाईनमा समाचार छापेका पनि थिए । रघुवीरले गरिरहेका काम कस्ता थिए ? भनेर प्रश्न गर्दा नेम्वाङले भन्नुहुन्छ, ‘उहाँले राम्रै काम गर्नु भएको थियो । उहाँ त झन सोही फिल्डको प्राविधिक पनि हुनुहुन्थ्यो।’
वार्षिक बजेट, नीति र कार्यक्रमलाई नै ध्यान दिएको उहाँको भनाइ छ । तर काम गर्ने ढंग मात्रै फरक भएको उहाँको भनाइ छ।
उहाँ भन्नुहुन्छ, ‘महाशेठले पनि राम्रै गर्नु भएको हो । नीति, कार्यक्रम बजेट उस्तै हो । एकले एर्को ढंगले गर्छन । अर्काले अर्को ढंगले गर्छन । मैले अर्को ढंलगे गरेँ होला । ढंग मात्रै फरक हो।’
तर महाशेठलाई आउट गर्दै कानुनका विद्यार्थी नेम्वाङले भौतिक पूर्वार तथा यातायता मन्त्रालयको जिम्मेवारी सम्हाल्लनु भयो । मन्त्रालय प्रवेश गरेका नेम्वाङले एक सय दिनको कार्यविवरण सार्वजनीक गर्दै गर्दा जनतामा उत्साह थियो । उनले काठमाडौंका धेरै सडकका काम गरिसक्नु भएको थियो ।
उहाँले काठमाडौंका सडकका ट्रफिक लाइटको पनि मर्मत गराएर प्रयोगमा ल्याइसक्नु भएको थियो । उहाँले धेरै सडक कालोपत्रैसमेत गरेर काठमाडौं उपत्यकासहित मुलुकका केही सडकलाई अकर्षक बनाउनु भएको थियो ।
उहाँ भन्नु हुन्छ, ‘मैले मेरो मन्त्रालयको क्षेत्राधिकार भित्रका कुराहरुलाई नीतिगत रुपमा सुधारको प्रयास मात्रै गरेको थिएँ । मैले हाकिमको रुपमा नभइ टिमको सक्रीय सदस्यको रुपमा काम गर्ने बचन दिएको थिएँ।’
उहाँ थप्नुहुन्छ, ‘म कुनै विषयका लागि एम्बिसीयस छैन । म प्रविधिक पनि होइन । तर सानो सानो कुराको सुधार गर्न चाहन्थेँ। जो जनतासँग प्रत्यक्ष सम्बन्ध राख्छ।’
मन्त्रालय प्रवेश गर्दै गर्दा पनि उहाँले प्रत्रकारहरुले योजनाहरु सुनाउनुस भन्दा म प्राविधिक पनि होइन । मन्त्रालयका सचिवहरुसँग सल्लाह गरेर बुझेर काम गर्छु भन्नुभएको थियो ।
उहाँले आगामी दिनमा कुनै ठोस योजना नरहेको भनेर मध्यम अभिव्यक्ति दिएका दिनु भएको थियो ।
एक लाख ७० घरमा टिनको छानो
शहरी बिकास मन्त्रालय सम्हाल्ने अवसर पनि नेम्वाङले पाउनु भएको थियो । उहाँ सरकारमा रहँदा फुसको छानो हटाउने अभियानमा पनि सफल बन्नु भएको छ । शहरी बिकास मन्त्रालयमार्फत उहाँले सुरक्षित नागरिक आवाश कार्यक्रम मार्फन केपी ओलीले सुरु गरेको यो अभियान मन्त्रालयमा अड्किएर रहेकोमा उहाँले कार्यन्वयन गर्नु भएको । २ प्रतिशत पनि कार्यन्वयन थिएन।
कर्मचारीसँग सल्लाह गरेर अड्किएको कारण बुझेर नीति नै परिवर्तन गरेर कार्यन्वयन गरेँ । गाउँपालिका न नगरपालिका वडा जुन कार्यक्रम मार्फत एक लाख ७० घरधुरीले टिनको छानो लगाएको नेपालभरी।
समाचार सामग्री : कृष्ण कन्दङ्वा लिम्बूबाट