काँग्रेस प्रदेश – २ सभापतिमा कृष्ण यादव निर्वाचित

धनुषा, ९ पुष । नेपाली काँग्रेस प्रदेश – २ सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा यादव निर्वाचित भएका हुन् ।

उनी ९९६ मत प्राप्त गर्दै प्रदेश २ सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत पाएका थिए ।