वीरगञ्ज, ९ पुष । एमाले स्थायीम कमिटी सदस्य प्रभू साहको नेतृत्वमा हजारौँ माओवादी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका शाहले आफ्नो नेतृत्वमा हजारौँ कार्यकर्ता एमालेमा ल्याएका हुन् । साह माओवादीमा रहँदा प्रदेश २ को अध्यक्ष थिए । बिहीबार पर्सा जगरनाथपुर गाउँपालिकामा भब्य पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो ।
माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्षसहितका हजारौँ माओवादी कार्यकर्ता एमाले प्रवेश गर्ने भएपछि एमाले अध्यक्ष आफैँ हेलिकप्टर चढेर पर्सा स्वागतका लागि पुगेका थिए ।
जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मिँयाको सभापतित्वामा आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमाले आएका २ हजार भन्दा बढि कार्यकर्ताहरुलाई ओलीले स्वागत गरेका थिए ।
कार्यक्रमका सभापत गाउँपालिका अध्यक्ष जालिम मियाँलेसमेत माओवादी माओवादी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा हजारौँ मानिसहरुको उपस्थिती रहेको थियो ।
यसअघि पनि पर्सामा हजारौँ संख्यामा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका थिए । अध्यक्ष मियाँ एमाले प्रवेशसँगै एमालेमा प्रवेश गर्ने गाउँपालिका अध्यक्षको संख्या ३ पुगेको छ ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष ओलीले देश अहिले अन्तरक्षिमा आफ्नो सेटेलाइट पठाउन सक्षम भएको सुनाए।
त्यस्तै अहिले नेपालको चारवटा बन्दरगाहमा पहुँज पुगेको बताए ।
वर्तमान सरकारले मुलुकलाई अन्ध्यारोमा पार्ने काम गरेको आरोपसमेत लगाए । उनले आफ्नो पालामा तीव्र बिकास भइरहेको तर वर्तमान सरकारले देशलाई अध्यारोतर्फ धकेलेको आरोप लगाए ।