बिहीबार विशाल एमाले प्रवेश कार्यक्रम, हेर्नुस् एमालेमय जनसागर (तस्बीर)

पर्सा, ९ पुष । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पर्साको जगरनाथपुरमा हजारौँलाई एमालेमा स्वागत गरे ।

विशाल पार्टी प्रवेश कार्यक्रममा आयोजना गरि ओलीले नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँको नेतृत्वमा हजारौँ नेता–कार्यकर्तालाई एमालेम स्वागत गरेका छन् ।

यो माओवादी परित्याग गरि एमाले प्रवेश गरेका नेता प्रभू शाहको क्षेत्र हो । प्रभू साहको प्रभाव स्वरुप माओवादीबाट हजारौँ कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय कमिटी सदस्यद्वय निर्मला देवकोटा र राजकुमार गुप्ता, प्रदेश कमिटी सदस्य जयप्रकाश थारु, जालिम मियाँलगायत पनि पार्टी प्रवेश कार्यक्रममा पुगेका थिए ।

पर्सा जिल्ला इन्चार्ज तथा अध्यक्ष प्रभु हजाराको अध्यक्षता र सचिव मनोज गुप्ताको सञ्चालनमा आयोजित कार्यक्रममा पार्टी सचिव तथा प्रदेश नम्बर दुईका इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साहलगायतका पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको सहभागिता थियो ।