काठमाडौं, १० पुष । शुक्रबार बाग्मती प्रदेशमा ६ मन्त्री थपिए । जसमा सबै नेपाली काँग्रेसका मन्त्री बनेका छन् । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्त्री मण्डलको संख्या १८ पुर्याउँदै हिजो काँग्रेसबाट ३ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् ।
मन्त्री बन्ने त्यो लहरमा दिपेन्द्र श्रेष्ठ पनि थिए । उनी काँग्रै बाग्मती प्रदेशका सांससद हुन् । उनले शुक्रबार प्रदेश पर्यटन तथा संस्कृति मन्त्रीमा सफत लिएका छन् । उनी नेता प्रकाशमान सिंह निकटका नेता हुन् ।
मन्त्री भएको भोलीपल्ट श्रेष्ठ प्रकाशमान सिंह निवासमा आर्शिवाद लिन आइपुगेका छन् । प्रकाशमानले मन्त्री श्रेष्ठलाई टीका लगाइदिएका छन् । काँग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा पहिलो चरणको प्रतिस्पर्धामै पराजित भएका सिंहलाई देउवाले प्रदेश मन्त्रीसमेत दिएका छन् ।
सभापतिको दोस्रो चरणको प्रतिस्पर्धाम प्रकाशमानले देउवालाई सपोर्ट गरेका थिए । श्रेष्ठसँगै ३ प्रदेश मन्त्री प्रकाशमानलाई देउवाले दिएको बुझिएको छ ।